आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

भूकम्पपछिको पुनर्निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री लेखक

images
बिहीबार , फागुन १५ २०८१
images
भूकम्पपछिको पुनर्निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री लेखक

गृह मन्त्रालयले गतवर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको बताएका छन्।

images
images
images

सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्री लेखकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आकलन, पुनःनिर्माण र पुनःस्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिए।

images
images

भूकम्पपछिको पुनःनिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए।

images
images

'हामीले बितेको ६ महिनामा विस्तृत क्षति आकलन र नीजि घरको पुनःनिर्माण एवं पुनःस्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम गरेका छौँ', गृहमन्त्री लेखकले भने, 'त्यहाँ  केन्द्रबिन्दु भएर गएका भूकम्पबाट नीजि घरमा भएको क्षति आकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनःनिर्माण र पुनःस्थापनको काम अगाडि बढाएका छौँ।'

मन्त्रालयले गतवर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ।

गृहमन्त्री लेखकले आगामी साता बझाङ, अछाम र जाजरकोट पुगेर पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनका साथै त्यहाँको अवस्थाबारे जानकारी लिने गृह मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , फागुन १५ २०८११४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend