शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

११ बीमा कम्पनी कारबाहीमा

images
सोमबार, माघ १७ २०७८
images
११ बीमा कम्पनी कारबाहीमा

प्रत्येक कम्पनीलाई १० हजार रुपैयाँका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ।

images
images

काठमाडाैं- बीमा समितिले ११ वटा बीमा कम्पनीहरुलाई कारबाही गरेको छ। आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन तयार नपार्ने ११ बीमा कम्पनीहरुलाई कारबाही गरेको हो। प्रत्येक कम्पनीलाई १० हजार रुपैयाँका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ।

images
images
images

समितिले दि ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेनस, गुराँस लाइफ इन्स्योरेन्स, आइएमइ लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको हो।

images
images

यी कम्पनी मध्ये राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानले धेरै वर्षदेखि लेखापरीक्षण प्रतिवेदन तयार पार्न सकेका छैनन्। समितिले कानूनमा कारबाही गर्न सक्ने व्यवस्था हुँदा हुँदै यसभन्दा अगाडि यसरी कारबाही गरेको थिएन। समितिले धेरै पटक कम्पनीहरुलाई समयमा लेखापरीक्षण गर्न निर्देशन दिँदा पनि नमाने पछि बाध्य भएर यस्तो कारबाही गरेको जनाएको छ।

images
images

समितिले बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/७७ मा आफुले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ वटा कम्पनीहरुलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो।

karbai.jpg


प्रकाशित : सोमबार, माघ १७ २०७८१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend