आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सिप्रदी ट्रेडिङले 'टाटा मोटर्स वन वर्ल्ड २०२४' मा जित्यो ७ प्रतिष्ठित अवार्ड, ईभी विस्तारमा विशेष मान्यता

images
बिहीबार , फागुन १५ २०८१
images
सिप्रदी ट्रेडिङले 'टाटा मोटर्स वन वर्ल्ड २०२४' मा जित्यो ७ प्रतिष्ठित अवार्ड, ईभी विस्तारमा विशेष मान्यता

सबै प्रमुख सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै सिप्रदी ट्रेडिङले बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको छ।

images
images

काठमाडौं- टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने 'टाटा मोटर्स वन वर्ल्ड २०२४' कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जित्न सफल भएको छ।

images
images
images

साथै, सिप्रदीले उक्त कार्यक्रममा 'पायोनियरिङ ईभी एक्सपान्सन' का लागि विशेष कदरपत्र समेत प्राप्त गरेको जनाएको छ। 

images
images

सिप्रदीले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा सबैभन्दा उच्च बजार हिस्सा दिलाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यसले नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको सिप्रदीको भनाइ छ।

images
images

यो उपलब्धि ग्राहकहरूको विश्वास, टीमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनको प्रतिफल रहेको कम्पनीले जनाएको छ। सबै प्रमुख सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै सिप्रदीले बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको छ।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, 'हामी हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारीसाधन प्रदान गर्न सधैँ प्रतिबद्ध छौँ। यी पुरस्कारहरूले हाम्रो टीमको मेहनतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ।'


प्रकाशित : बिहीबार , फागुन १५ २०८११२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend