मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

कामना सेवा विकास बैंकमा अब मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्न सकिने

बिहीबार , फागुन १५ २०८१
कामना सेवा विकास बैंकमा अब मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्न सकिने

ग्राहकहरूले अब बैंकमा जानुपर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर, कुनै पनि समय, मोबाइल एप प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन्।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले मोबाइल बैंकिङ एपबाट पनि सजिलै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ।

अब ग्राहकहरुले बैंकमा भौतिकरुपमा उपस्थित नभइ कामना सेवा विकास बैंकको मोबाइल एप, केएसआई मोबाइल बैंकिङमार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्नेछन्।

ग्राहकहरूले अब बैंकमा जानुपर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर, कुनै पनि समय, मोबाइल एप प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन्। केएसआई मोबाइल बैंकिङमा लगइन गरी 'फिक्स्ड डिपोजिट' छनौट गरे आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सकिन्छ।

बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको जनाएको छ।


प्रकाशित : बिहीबार , फागुन १५ २०८११२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend