शनिबार, असोज ५ गते २०८१    
images
images

ललितपुरमा सीसीटीभी जडान सम्झौता, महानगरपालिकाले छुट्यायो दुई करोड रूपैयाँ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १७ २०७८
images
images
ललितपुरमा सीसीटीभी जडान सम्झौता, महानगरपालिकाले छुट्यायो दुई करोड रूपैयाँ

ललितपुर महानगरले महानगरभित्र महानगर तथा वडास्तरमा समेत सीसीटीभी जडान र व्यवस्थापन गर्दै आएको छ।

images
images

काठमाडौं- ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच सहरी सुव्यवस्थापनको लागि सीसीटीभी प्रणाली जडान तथा संचालनका लागि सम्झौता भएको छ।

images
images
images

सोमबार ललितपुरमा एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता पत्रमा हस्ताक्षरपछि बोल्दै ललितपुर महानगरपालिकाका मेयर महर्जनले महानगरपालिकाले गत वर्षदेखि ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट लाइट तथा सीसीटीभी जडान गर्ने नीति लिएको बताए। उनले ललितपुर महानगरले महानगरभित्र महानगर तथा वडास्तरमा समेत सीसीटीभी जडान र व्यवस्थापन गर्दै आएको बताए।

मेयर महर्जनले सीसीटीभी जडानलगायत अन्य सुरक्षाको विषयमा महानगर प्रहरी परिसरसँग नजिक बसेर सहयोग गर्दै आएको बताए।उनले महानगरले जडान गरेको सीसीटीभी नेपाल प्रहरीको केन्द्रिय सीसीटीभी प्रणालीमा जडान गर्नु पर्ने बताए। यस्तो गर्दा जडान भएका सीसीटीभी निर्वाध रुपमा सञ्चालन हुन सक्ने मेयर महर्जनको भनाइ छ। उनले सीसीटीभी जडानको लागि महानगरपालिकाले दुई करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको बताए। अब स्थानीय निकायहरु नयाँ नयाँ प्रविधि अनुसार चल्न सक्नुपर्ने पनि मेयर महर्जनले बताए।

images

त्यस्तै महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी वरिष्ठ उपरिक्षक यज्ञ विनोद पोखरेलले सीसीटीभी जडान कार्यले ललितपुर महानगरपालिकाको सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सुरक्षाको लागि स्थानीय सरकार अभिन्नअंग भएकाले प्रहरीलाई स्थानीय सरकारको हरेक पलमा सहयोग अवश्यक गर्ने बताए।

प्रहरी वरिष्ठ उपरिक्षक पोखरेलले ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गर्ने गरी प्रहरीलाई २ करोड रुपैयाँ दिएर सुरक्षाको दृष्टिले अत्यन्तै महत्वपूर्ण काम भएको बताए। उनले सडकमा सीसीटीभी जडान कार्यले  सुरक्षा र अन्य विभिन्न कुराको लागि महत्वपूर्ण रहेको बताए।


प्रकाशित : सोमबार, माघ १७ २०७८१२:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend