बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

देशभर वर्षा र हिमपातको सम्भावना

images
बिहीबार , फागुन १५ २०८१
images
images
देशभर वर्षा र हिमपातको सम्भावना

देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना छ।

images
images

काठमाडौं देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना छ। 

images
images
images

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। तराइका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

images
images

विभागले दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। 

images
images
images

विभागका अनुसार सातवटै प्रदेशमा आंशिक बदली रहँदा ६ वटा प्रदेशमा हल्का वर्षा हुनेछ । मधेसबाहेकका सबै प्रदेशमा हल्का वर्षा हुनेछ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

रासस


प्रकाशित : बिहीबार , फागुन १५ २०८१०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend