आइतबार, भदौ २३ गते २०८१    
images
images

८ करोडको लागतमा विमानस्थलमा अस्थायी आन्तरिक टर्मिनल भवन बन्ने

images
मंगलबार, माघ १८ २०७८
images
images
८ करोडको लागतमा विमानस्थलमा अस्थायी आन्तरिक टर्मिनल भवन बन्ने
images
images

काठमाडौं- नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुको लागि लक्षित गर्दै यात्रु आगमन कक्ष रहने गरी अन्तरिक टर्मिनल भवन विस्तार गर्ने भएको छ। भवन निर्माणका लागि प्राधिकरणले टेन्डर सूचनासमेत प्रकाशित गरिसकेको छ।

images
images
images

प्राधिकरणले आइतबार मार्च २ गतेसम्मको समय सीमा राखेर टेन्डर गरेको हो। भवन निर्माण आयोजना प्रमुख हरि अधिकारीका अनुसार अहिले आन्तरिक टर्मिनल भवन प्रवेश अगाडि रहेको पार्किङ क्षेत्रसँगै जोडिएको जग्गामा भवन निर्माण हुनेछ।

ta.jpg

भवनको क्षेत्रफल ७ हजार वर्गमिटर हुनेछ। नयाँ भने भवन आन्तरिक हवाई यात्रुको आगमन कक्षको रुपमा प्रयोग हुनेछ। भवन स्टिल स्ट्रक्चरको बन्ने छ। भवन एक तलाको मात्रै हुने छ। भवन ५ देखि ७ वर्षका लागि अस्थायी रुपमा बनाइने प्राधिकरणको भनाइ छ।

अधिकारीका अनुसार टर्मिलन भवन निर्माण भएपछि नयाँलाई आउने र हालको भवनलाई प्रस्थान गर्ने यात्रुका लागि प्रयोग गर्ने योजना रहेको छ। ठेक्का लागेको १ वर्षभित्र निर्माण सक्ने गर्ने तयारी भएको छ। नयाँ भवनको लम्बाई ४० मिटर र चौडाई २४ मिटर तथा २ वटा ३५ मिटर लामो ब्यागेज कन्भेयोर बेल्ट निर्माण हुनेछ। सबै सुविधासहिन निर्माण हुने यो भवनबाट एक पटकमा २ सय मानिसलाई सुविधा दिन सकिने उनको भनाइ छ। 

images

अहिले अस्थायी संरचना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  गुरुयोजनाभन्दा बाहिरको संरचना हो। अहिले अस्थायी संरचना बने ठाउँमा भने गुरुयोजनामा पार्किङ क्षेत्र रहने ठाउँ हो।

विमानस्थल मास्टर प्लानमा ४० अर्बमा आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने विषय समावेश छ। तर उक्त काम सुरु हुन समय लाग्ने भएपछि तत्कालका लागि बढ्दो आन्तरिक हवाई यात्रुको चाप थेग्न र साँघुरो आन्तरिक टर्मिनल भवनको व्यवस्थापनका लागि यो भवन बनाउन लागेको प्राधिकरणले जनाएको छ।

tc.jpg

अहिले आन्तरिक यात्रुले  प्रयोग गर्ने आगमन कक्ष सानो छ। एक-दुईवटा एयरलाइन्सका यात्रु एकैपटक आउँदा पनि खचाखच हुने आगमन कक्ष रहेको छ।

अब नयाँ भने भवन आन्तरिक हवाई यात्रामा पनि आगमक यात्रुलाई लक्षित गरेर बनाउने लागिएको प्राधिकरणको भनाइ छ। नयाँ बने भवनमा शौचालय लगायतको सबै सुविधा रहने छ। अहिले बनेको भवन पछि झिकेर अन्यन्त्र लगेरसमेत प्रयोग गर्न सक्ने गरी निर्माण हुने अधिकारीले जानकारी दिए।

वार्षिक रुपमा बढ्दो आन्तरिक हवाई यात्रु बढ्दो छ। कोभिडका कारण दुई महिनाभन्दा बढी समय आन्तरिक उडान बन्द हुँदा पनि सन् २०२१ मा अहिलेसम्मकै बढी आन्तरिक हवाई यात्रु भएका थिए। सन् २०२१ मा मात्रै आन्तरिक हवाई यात्रु ३५ लाख ४१ हजार भन्दा बढी भएको थियो।

दिन प्रतिदिन आन्तरिक हवाई यात्रुको संख्या बढेसँगै आन्तरिक टर्मिनल भवन साघुरो भइरहेको बेला प्राधिकरकणले अस्थायी आन्तरिक टर्र्मिनल भवन बनाउ लागेको हो। अहिले आन्तरिक उडानमा दैनिक १५ हजारसम्म यात्रु हुन थालिसकेका छन्।

आक्रमब बजार विस्तारमा एयरलाइन्स कम्पनीहरू

सन् २०२१ मा यात्रुको संख्यामा उच्च वृद्धि भएपछि आन्तरिक उडान गर्ने एयरलाइन्सहरू हौसिएका छन्। देशभित्रै जहाजबाट यात्रा गर्ने यात्रुको संख्यामा उच्च वृद्धि भएपछि एयरलाइन्सहरूले उडान गन्तव्य विस्तार, जहाजको संख्या थप गर्ने महात्वाकांक्षी योजना अघि सारेका छन्। सन् २०२१ मा हालसम्मकै धेरै ३५ लाख ४१ हजार ८८८ जनाले देशभित्रै हवाई यात्रा गरेका थिए। कोरोना महामारीकै बीचमा पनि एयरलाइन्सहरूले प्रसस्त यात्रु पाएपछि ठूला एयरलाइन्सले जहाज थप गर्ने योजना सार्वजनिक गरेका छन्।

सन् २०२१ मा करिब २ महिना उडान बन्द भएर पनि यात्रु संख्या उत्साहजनक देखिएपछि ठूला एयरलाइन्सले अर्बौँ लगानी गर्ने छन्।  हवाई इन्धनको मूल्य घट्नु, सडकको अवस्था खराब हुँदा यात्रु संख्या बढेपनि अब जहाज चढ्ने नेपालीको संख्या बढ्दै गएको एयरलाइन्सहरूको बुझाइ छ।

सन् २०२१ को यात्रु संख्याबाट हौसिएका  केही एयरलाइन्सले जहाज संख्या थप गर्ने भएका छन्। यसमा बुद्ध, यति र श्री एयरलाइन्सले सन् २०२२ मा ठूलो संख्यामा जहाज थप गर्ने योजना उनीहरूको छ।

आन्तरिक उडानमा ८० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगट्ने यी तीन एयरलाइन्सले यो वर्ष १० जहाज खरिद गर्ने योजना अघि सारेका आन्तरिक उडानको सबैभन्दा ठूलो बुद्ध एयरले यो वर्ष चारवटा एटीआर-७२ जहाज खरिद गर्ने योजना बनाएको छ। जस्तोसुकै अवस्थामा पनि दुईवटा जहाज खरिद गर्ने र समय अनुकूल रहे थप दुई जहाज खरिद गर्ने बुद्धको योजना छ।

बुद्धसँगै यति एयरलाइन्सले पनि यही वर्ष चारवटा जहाज खरिद गर्ने व्यावसायिक योजना बनाएको छ। जेटस्ट्रिम जहाज उडानबाट हटाएर एटीआरमात्र राखेको यतिले अब  भने एटीआरमात्र खरिद गर्ने छ। यही वर्ष सकेसम्म चारवटा एटीआर जहाज थप गर्ने यतीको योजना छ। यतीको योजना पनि बुद्धको जस्तै छ सके चार नभए कम्तिमा एउटा एटीआर-४२ र  एउटा एटीआर-७२ जहाज खरिद गर्ने यतीको योजना छ।

जेटस्ट्रिम जहाज हटाएपछि यतीसँग हाल पाँचवटा एटीआर-७२ जहाज पाँचवटा छन्। नेपालको आन्तरिक उडानको तेस्रो ठूलो एयरलाइन्स श्री एयरलाइन्सले यो वर्ष कम्तिमा एउटा जहाज खरिद गर्ने भएको छ।

यो वर्ष जहाज थप गर्ने अर्को एयरलाइन्स हुने छ सीता। हालसम्म नेपालका छोटो धावनमार्ग भएका विमानस्थललाई गन्तव्य बनाएर उडान गरिरहेको सीताले यही वर्षदेखि सुगम क्षेत्रमा पनि उडान गर्ने योजना बनाएको छ। दुई वर्षअघिदेखि नै एटीआर-७२ जहाज ल्याएर सुगममा उडान गर्ने योजना बनाएको सीताले यो वर्ष सफल हुने विश्वास व्यक्त गरेको छ।

सीताले यो वर्ष कम्तिमा दुईवटा एटीआर-७२ जहाज ल्याउने छ। उसको व्यापारिक योजनामा चारवटा जहाज खरिद गर्ने उल्लेख छ। यद्यपि पहिलो चारणमा दुईवटा जहाज ल्याउने छ। सीताले हाल काठमाडौंबाट लुक्ला, नेपालगञ्जबाट कर्णाली उडान गरिरहेको छ।

ओमिक्रोन भेरियन्टको प्रभाव धेरै समय गएन भने पर्यटकीय गतिविधिमा पनि यसले बल पुर्याउने व्यवसायीको भनाइ छ। 

एकातिर यात्रुको संख्या बढीरहेको र अर्कोतिर जहाज पनि सस्तो भएकाले एयरलाइन्सहरू जहाज थप गर्ने कुरामा हौसिएका छन्। कोरोना महामारीका कारण संसारभर जहाजको मूल्य सस्तिएको छ। कोरोना अघिको तुलनामा ५० प्रतिशतसम्म सस्तो भएकाले पनि एयरलाइन्सहरू जहाज थप गर्न हौसिएका छन्।


प्रकाशित : मंगलबार, माघ १८ २०७८०१:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend