मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलाई सम्पत्ति शुद्धीकरणमा कडाइ गर्दै राष्ट्र बैंक

मंगलबार, फागुन १३ २०८१
सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलाई सम्पत्ति शुद्धीकरणमा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले समाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषमाथि सम्पत्ति शुद्धीकरणमा थप कडाइ गर्ने भएको छ। 

राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषसहित समाजिक सुरक्षा कोषलाई पनि सम्पत्ति शुद्धीकरणको दायरामा राखेको छ। 

राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था गर्दै ग्राहक पहिचान खाता अनिवार्य गरेको छ।

ग्राहक पहिचान खाताका साथै अनिवार्यरुपमा उच्चपदस्थ व्यक्तिहरुको वर्गीकरण गर्नुपर्ने र प्रत्येक तीन दिनमा राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखामा जानकारी दिनुपर्ने व्यवस्था गरेको छ।


प्रकाशित : मंगलबार, फागुन १३ २०८११९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend