आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सकारात्मक साेचाइ राखाैँ, भएकाे विकासलाई आत्मसात् गराैँ : उपप्रधानमन्त्री सिंह

images
मंगलबार, फागुन १३ २०८१
images
सकारात्मक साेचाइ राखाैँ, भएकाे विकासलाई आत्मसात् गराैँ : उपप्रधानमन्त्री सिंह

हलको सिटिङ क्यापासिटी ७९५ रहेको छ। सिटी हलकाे उद्घाटनसँगै हल सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएकाे छ।

images
images

नेपालगञ्ज- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नकारात्मक प्रचरप्रसारले विकास निर्माण सम्भव नहुने भन्दै सकारात्मक साेचाइ राख्नुपर्ने बताएका छन्। मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा निर्मित सिटी हलकाे उद्घाटन गर्दै उनले भएका विकास कार्यलाई आत्मसात् गर्नुपर्ने धारणा राखे।

images
images
images

उपप्रधानमन्त्री सिंहले भएका विकास निर्माणका काम संरचनाकाे सदुपयाेग गर्नुपर्नेमा जाेड दिए। 'विकास निर्माणको क्रममा बनिसकेको भवन तथा विकासको सही सदुपयोग गर्नुपर्छ', उनले भने, 'नकारात्मक प्रचारप्रसारले विकास सम्भव हुन सक्दैन। सकारात्मक सोचाइ र भएका विकासलाई पनि आत्मसात् गर्नु जरुरी छ।'

images
images

सिटी हलले नेपालगञ्जमा आर्थिक गतिविधि बढाउन सहयाेग पुग्ने पनि उनले विश्वास व्यक्त गरे। नेपालगञ्ज सिटी हलको निर्माणपश्चात् यहाँ हुने विभिन्न गतिविधिहरुलाई व्यवस्थित गर्न सुविधा हुने भन्दै उनले  यसको सही सदुपयोग गर्नका लागि आग्रह गरे।

images
images

हलको सिटिङ क्यापासिटी ७९५ रहेको छ। सिटी हलकाे उद्घाटनसँगै हल सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएकाे छ।

उपप्रधानमन्त्री सिंहले बाेल्ने अधिकार सँगसँगै आफ्नो काम कर्तव्यलाई पनि भुल्न नहुने भन्दै सधैँ नकारात्मकतामा लाग्नेभन्दा सकारात्मक आलोचना हुनुपर्नेमा उनले जोड दिए। वर्तमान सरकार राजनीतिक स्थिरताकाे जगमा समृद्धिकाे बाटोमा अघि बढिरहेकाे भन्दै त्यसमा हरेककाे साथ आवश्यक रहेकाे उनले बताए।


प्रकाशित : मंगलबार, फागुन १३ २०८११५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend