मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

उतारचढावबीच पुन: हरियोमै बन्द भयो सेयर बजार, ९ अर्ब ९० करोड रुपैयाँको कारोबार

मंगलबार, फागुन १३ २०८१
उतारचढावबीच पुन: हरियोमै बन्द भयो सेयर बजार, ९ अर्ब ९० करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको साता सबै कारोबारमा उकालो लाग्दै समग्रमा ६४.४८ अंकले बढेको बजार यो साता पनि लगातार उकालोतिर नै लागेको छ। गएको सातायता समग्रमा बजार ८६.६२ अंकले बढेको छ। 

आइतबार ११.६६ अंक र सोमबार ३.३५ अंकले बढेको बजार मंगलबार पनि ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा पुगेको छ। ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँको कारोबार भएको बजारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ। १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता आइतबार १९.५६ अंक, सोमबार २९.८७ अंक र मंगलबार ११.९१ अंकले बढेको बजार बुधबार बन्द रहेको थियो। साताको अन्तिम कारोबारमा बिहीबार पनि ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा पुगेको थियो। 

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहँदा फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समातिरहेको छ।

बजारले २८०० को मनोबैज्ञानिक बिन्दु पार गर्न सके नयाँ उचाइ भेट्ने विश्लेषकहरू बताउँछन्। अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। २८०० को मनोवैज्ञानिक बिन्दु अहिलेका लागि लगानीकर्ताको आधारबिन्दु हो। आधारबिन्दु पार हुन सके बजारले थप सुधार समात्ने आशमा उनीहरू रहेका छन्। 

बजारमा देखिएको ‘बुलिस ट्रेन्ड’ बीच केही समय उतारचढाव हुनु स्वभाविक नै मान्नुपर्ने विश्लेषकहरूको तर्क छ। २८०० को बिन्दु पार हुन सके अहिलेका लागि बजारले उचाइको स्थायि लय समात्न सक्ने उनीहरू बताउँछन्। लामो समयदेखि देखिउको ‘स्टप लस हन्टिङ’ को अवस्था पूरा भइरहेकाले पनि बजारले अब उचाइ नै समात्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, फागुन १३ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend