आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

एक करोड १२ लाख लागतमा निर्माण सम्झौता भएको बुलबुले गुरुयोजनाको शिलान्यास

images
मंगलबार, फागुन १३ २०८१
images
एक करोड १२ लाख लागतमा निर्माण सम्झौता भएको बुलबुले गुरुयोजनाको शिलान्यास

आगामी असार १० गते सम्पन्न हुने गरी यही फागुन ४ गते प्रवीन निर्माण सेवा सुर्खेतसँग निर्माण सम्झौता भएको थियो।

images
images

कर्णाली- बुलबुले गुरुयोजना कार्यान्वयनका लागि ताल निर्माणको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज उक्त योजनाको शिलान्यास गरेका छन्।

images
images
images

योजना शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीयस्थल बुलबुले ताललगायतका विकासका संरचना निर्माणमा सरोकारवालाको सहयोग आवश्यक रहेको बताए।

images
images

उनले भने, 'शिलान्यास तामझामले गर्ने तर पछि सुक्खाराम हुने गरी काम नगर्नुस्। काम गर्दा पुरस्कार लिने गरी काम गर्नुस्। अतिरिक्त शुल्क तिर्नुपर्दैन। भुक्तानीमा कहीँ कतै समस्या हुँदैन।'

images
images

उनले बुलबुले तालसहित काँक्रेबिहारको काम क्रमशः अगाडि बढेको र सामाजिक विकास मन्त्रालयसँग जोडिएको चौघान चौरको निर्माण पनि निकट भविष्यमै सुरु हुने जानकारी दिए। 

भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले आगामी असार १० गते सम्पन्न हुने गरी यही फागुन ४ गते प्रवीन निर्माण सेवा सुर्खेतसँग निर्माण सम्झौता भएको बताए।

चार हजार दुईसय वर्ग मिटर क्षेत्रफलको ताल विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि एक करोड १२ लाख ३६ हजार आठसय ६३ रूपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो। रासस


प्रकाशित : मंगलबार, फागुन १३ २०८११४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend