सोमबार, चैत ११ गते २०८१    
सोमबार, चैत ११ २०८१
images
images

कान्ति ताल आसपासमा निर्मित पूर्वाधार जीर्ण बन्दै

images
मंगलबार, फागुन १३ २०८१
images
images
कान्ति ताल आसपासमा निर्मित पूर्वाधार जीर्ण बन्दै

नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन्। फलामका पाइप चोरी भएको स्थानीय चक्र बुढाले बताए।

images
images

बाँके- संरक्षण अभावमा यहाँको नेपालगञ्ज उपमहानगरपालिका-२२ पुरैनीस्थित कान्ति ताल आसपासमा निर्मित पूर्वाधार जीर्ण बन्दै गएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन्। फलामका पाइप चोरी भएको स्थानीय चक्र बुढाले बताए।

images
images

'तालमा वरिपरि बनाएका संरचना तोडफोड भएका छन्,' उनले भने, 'सुरक्षाका लागि सरोकारवाला निकायलाई पटकपटक खबर गरे पनि सुनुवाइ भएको छैन।'

images
images

करिब एक हजार आठसय मिटर रेलिङमध्ये तीनसय मिटर रेलिङ तोडफोड गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले २०७५ सालमा कान्ति ताललाई व्यवस्थित गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो। ताल वरिपरि पर्खाल लगाउने, रेलिङ राख्ने र ताललाई परिक्रमा गर्ने फुटपाथ र नालीसहितको सडक निर्माण गरिएको छ।

images
images

ताल सञ्चालनका लागि वार्षिक २८ लाख उपमहानगरपालिकालाई राजस्व बुझाउने गरी ठेक्का लिएका ठेकेदार फनबहादुर गुरुङले लागुऔषध प्रयोगकर्ताहरूले रेलिङ तोडफोड गरेको हुनसक्ने बताउँछन्। तालका संरचनाको सुरक्षा जिम्मा पनि ठेकेदार पक्षकै रहेको छ। त्यसका लागि ठेकेदार पक्षले एकजना चौकीदार खटाएको छ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले रातको समयमा लागुऔषध दुर्व्यसनीहरुले तालको संरचना तोडफोड र चोरी गरेको हुनसक्ने अनुमान गरिएको बताए। उनले त्यस्ता गतिविधि रोक्ने विषयमा ठेकेदार पक्षलाई सचेत गराइएको जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, फागुन १३ २०८११२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend