चितवन- नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ।
मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को ३ सय ९०, ठूलो अण्डा ४ सय १० र एक्स-एल अण्डा प्रतिक्रेटको मूल्य ४ सय २५ रुपैयाँ पुगेको छ।
यसअघि मध्यम अण्डा प्रतिक्रेट ३ सय ५०, ठूलो अण्डा ३ सय ७० र एक्स-एल अण्डा प्रतिक्रेट ३ सय ८५ रुपैयाँ रहेको थियो। यो फार्म मूल्य हो।
बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ। रासस