मंगलबार, चैत १९ गते २०८१     १९ : ३२ : ४२
मंगलबार, चैत १९ २०८१
images
images

श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककको आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १३ २०८१
images
images
श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककको आग्रह

दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनः अनुरोध गरेको छ।

images
images

काठमाडौं- सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ।

images
images

कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो।

images
images

अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ। सो दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो।

images
images

दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनः अनुरोध गरेको छ। रासस 


प्रकाशित : मंगलबार, फागुन १३ २०८११०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend