बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवामध्ये ४७.८ प्रतिशतको रोजाइमा यूएई

७ महिनामै रोजगारीका लागि बाहिरिए ४ लाख ६५ हजार युवा

मंगलबार, फागुन १३ २०८१
म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवामध्ये ४७.८ प्रतिशतको रोजाइमा यूएई

चालु आवको सात महिनामा नेपालबाट रोजगारीका लागि जाने भन्दै अन्तिम श्रम स्वीकृति लिने युवाको संख्या ४ लाख ६५ हजार ५ सय ८ जना रहेको थियो। जसमा यूएई जानेको संख्या १ लाख ४९ हजार ८ सय ३३ रहेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि नै वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा आइरहेको वृद्धिदरमा केही कमी आएको थियो। कात्तिकमा भने रोजगारीका लागि विदेश जाने युवाको संख्यामा उल्लेख्य बढेको थियो। चालु आवकै मंसिर महिनामा रोजगारीका लागि एकै महिनामा विदेश जाने युवाको संख्यामा रेकर्ड ब्रेक भएको थियो। 

मंसिर महिनामा मात्रै ८४ हजार २ सय २६ जना युवा रोजगारीका लागि बाहिरिएका थिए। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी युवाको रोजाइमा यूएई परेको छ।  

चालु आवको सात महिनामा नेपालबाट रोजगारीका लागि जाने भन्दै अन्तिम श्रम स्वीकृति लिने युवाको संख्या ४ लाख ६५ हजार ५ सय ८ जना रहेको थियो। जसमा यूएई जानेको संख्या १ लाख ४९ हजार ८ सय ३३ रहेको छ। यो कुल संख्याको ३२.८६ प्रतिशत हो। 

यसमा पनि म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको संख्या १ लाख ९४ हजार ६ सय १८ जना छ। यसमा पनि यूएई जाने कामदारको संख्या ४७.८ प्रतिशत रहेको छ।

सात महिनामा म्यानपावरमार्फत ९२ हजार २ सय २४ युवा म्यानपावरमार्फत यूएई पुगेका छन्। सामान्यत: मासिकरुपमा म्यानपावरमार्फत ६ हजारको हाराहारीमा युवा नयाँ कामका लागि यूएई जाने गरेपनि उक्त संख्या चालु आवको साउनदेखि नै बढिरहेको थियो।

म्यानपावर व्यवसायीहरूका अनुसार यूएईले बंगलादेश र पाकिस्तानबाट अहिले कामदार लैजान प्रतिबन्ध लगाएको छ। जसको कारण नेपालको माग बढेको छ। नेपालका अधिकांश म्यानपावरमा अहिले यूएईको माग बढी छ।

व्यवसायीहरूका अनुसार कामदार नपाएकै कारण अझै यूएई जानेको संख्या कम भएको हो। मागअनुसार कामदार पाएको भए अझै यो संख्या बढ्ने थियो।

युवाको रोजाइमा यूएई पर्नुको अर्को कारण त्यहाँबाट युरोप तथा अमेरिका छिर्न सहजता छ। साथै मलेसियाको रोजगारी बन्द हुँदा युवाको रोजाइमा यूएईलगायतका खाडी देश नै परेको छ। 

सात महिना वैदेशिक रोजगारीमा जानेको विवरण.png


प्रकाशित : मंगलबार, फागुन १३ २०८१०६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend