काठमाडौं- अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्तिको प्रक्रिया अघि बढाएको छ।
सीईओ छनौट तथा सिफारिसका लागि तीन सदस्यीय समिति मन्त्रालयले समिति बनाएको हो।
मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा समिति गठन भएको छ। समितिमा मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा. खेमराज खरेल रहेका छन्।
यो समितिले छनौटका लागि आवश्यक योग्यता तथा मापदण्ड निर्धारण गर्दै प्रस्ताव आह्वान गर्नेछ। परेका आवेदनबाट संक्षिप्त सूची प्रकाशन गर्ने र त्यसबाट अन्तर्वार्ता तथा प्रस्तुतिको माध्यमबाट नियुक्तिका लागि सिफारिस गर्नेछ। सिफारिस गरिएकामध्येबाट एकजनालाई सरकारले नियुक्त गर्नेछ।