आइतबार, फागुन ११ गते २०८१    
आइतबार, फागुन ११ २०८१
images
images

'अमेरिकाबाट कुन शीर्षकमा कति सहयोग आयो सरकारले प्रतिवेदन बनाएर सार्वजनिक गर्नुपर्छ'

images
आइतबार, फागुन ११ २०८१
images
images
'अमेरिकाबाट कुन शीर्षकमा कति सहयोग आयो सरकारले प्रतिवेदन बनाएर सार्वजनिक गर्नुपर्छ'

'कुन सरकार हुँदा के भयो भनेर हिलो छ्याप्नुभन्दा अब नेपाल समृद्ध र सबल बनाउनका लागि सबै मिलेर योजनाबद्ध काम गर्नुपर्छ', उनले भने।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन-कुन शीर्षकमा कति सहयोग आयो सरकारले सोको प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन्।

images
images
images

प्रतिनिधिसभाको विशेष समयमा उनले अमेरिकाले नेपाललाई आफ्ना ऐजेन्सी, दूतावास, सरकारमार्फत सहयोग कति र कुन शीर्षकमा आयो सोको बारेमा प्रतिवेदन बनाउनुपर्ने जरुरी भएको बताए।

images
images

'अमेरिकाबाट के कति सहयोग आएका छन्, अहिले ती सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। नेपालको अन्तर्राष्ट्रिय छवि र राष्ट्रिय भावनामा चोट पुर्‍याउने काम कहीँकतैबाट हुनु हुँदैन', सांसद बाँस्कोटाले भने, 'नेपालले अमेरिकी सहयोगका सन्दर्भमा ठगी गरेको हो वा उहाँहरूले गर्नुभएको हो? सोबारे स्पष्ट हुनु जरुरी छ।'

images
images
images

उनले अहिलेको अवस्थाबाट नेपालले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। नेपालले कुन सहयोग लिने वा कुन सहयोग नलिने विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

सांसद बाँस्कोटाले सन् २००२ देखि सन् २०२१ सम्म करिब २१ खर्ब र सन् २०२२ देखि २०२७ सम्म ६ सय ६९ मिलियन अमेरिकी डलर नेपालले सहयोग प्राप्त गर्ने भन्ने विषयबारे सरकारले अध्ययन गरी एउटा प्रतिवेदन बनाउनुपर्ने भन्दै त्यो प्रतिवेदनमा कति-कति रकम कहाँ खर्च भयो? भन्ने स्पष्ट आउनुपर्ने सरकारसँग माग गरे।

'कुन सरकार हुँदा के भयो भनेर हिलो छ्याप्नुभन्दा अब नेपाल समृद्ध र सबल बनाउनका लागि सबै मिलेर योजनाबद्ध काम गर्नुपर्छ', सांसद बाँस्कोटाले भने, 'प्राप्त सहयोग र खर्चसम्बन्धी सम्पूर्ण जानकारी सांसद् र आमनागरिकले थाहा पाउनुपर्छ।'

उनले लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकलाई समृद्ध बनाउन आपसी सहकार्य र समन्वयको आवश्यकता औँल्याए। रासस


प्रकाशित : आइतबार, फागुन ११ २०८११७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend