आइतबार, फागुन ११ गते २०८१    
आइतबार, फागुन ११ २०८१
images
images

मन्त्री, प्रधानमन्त्रीमाथि सामाजिक सञ्जालमै गालीगलौजमा उत्रने दूधकोशीका सीईओ बिमल गुरुङलाई हटाउलान् कुलमानले?

images
आइतबार, फागुन ११ २०८१
images
images
मन्त्री, प्रधानमन्त्रीमाथि सामाजिक सञ्जालमै गालीगलौजमा उत्रने दूधकोशीका सीईओ बिमल गुरुङलाई हटाउलान् कुलमानले?

सामाजिक सञ्जालमै गालीगलौजमा उत्रने दूधकोशी आयोजनाका सीईओ बिमल गुरुङलाई निरन्तर कुलमान घिसिङको साथ मिलिरहेको देखिएको छ।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिमल गुरुङलाई हटाउन प्राधिकरणलाई निर्देशन दिएको छ।

images
images
images

विद्युत प्राधिकरणमा वर्षौँदेखि काम गरिरहेका गुरुङले प्रधानमन्त्री, मन्त्रीसहित आफूलाई मन नपर्ने कर्मचारीविरुद्ध सामाजिक सञ्जालमा मनपरी लेख्ने गरेका छन्। 

images
images

कतिपयले सरकारको आलोचना गरेको र आलोचनात्मक समाचार फेसबुकमा सेयर गरेकै आधारमा गुरुङलाई हटाउन खोजिएको भन्दै मन्त्रालयको निर्णयको आलोचना गरिरहेका छन्। तर गुरुङले विभागीय मन्त्री र मन्त्रीको सचिवालयका विज्ञलाई ‘खलपात्र’, ‘कुपात्र’ भनेर व्यक्तिगत गालीगलौजमा नै उत्रिएका थिए।

images
images
images

ऊर्जा मन्त्रालयमातहतको विद्युत प्राधिकरणको सहायक कम्पनीको जिम्मेवार पदमा बसेर उनले व्यक्तिगत गालीगलोज गर्दै मन्त्री र उनका ऊर्जा विज्ञ सल्लाहकार प्रबल अधिकारीलाई खलपात्र भनेका थिए। 'यो खलपात्रलाई सबैले चिनौँ' भन्ने स्टाट्स र अधिकारीको तस्बिरसहित उनले सामाजिक सञ्जालमा राखेका छन्। त्यसबाहेक पनि विभिन्न व्यक्तिहरूलाई तस्बिरसहित नै निकै तल्लो तहमा झरेर उनले गाली गर्ने गरेका छन्। प्रधानमन्त्री र मन्त्रीको तस्बिर राखेर 'यी कुपात्रलाई इतिहासको कठघरामा नउभ्याइ हुन्न, यिनीहरूलाई कालकोठरीमा कसले पुर्‍याउने' भन्नेजस्ता विभिन्न गालीयुक्त पोस्टहरू पनि उनले गरिरहेका हुन्छन्।  

कार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर उनले नेपाल विद्युत प्राधिकरणका रजगज नै गर्दै आएका छन। 'घिसिङ र गुरुङ मिलेर अन्य काबिल इन्जिनियर र माथिल्लो तहका कर्मचारीलाई हेप्ने र पेल्ने काम हुने गरेको छ,' प्राधिकरणका एक कर्मचारीले भने। प्राधिकरणमा दुईजना मिलेर राज चलाइरहेको ती कर्मचारीले बताए।

विगतमा नेकपा एमालेसँग निकट रहेका गुरुङ अहिले समाजवादी पार्टी र त्यसमा पनि झलनाथ खनालका निकट मानिन्छन्। उनले प्राधिकरणका कर्मचारीमात्रै नभएर कम्पनीका सञ्चालक समितिका सदस्यहरूलाई पनि कुलमानविरूद्ध नबोल्न चेतावनी नै दिने गरेका छन्।

माथिल्लो तामाकोशी आयोजनामा समेत काम गरेका गुरुङ विभिन्न खरिदमा समेत मुछिएका छन्। घिसिङसँग मिलेर माथिल्लो तामाकोशीमा मनपरी खर्च गर्ने काममा समेत गुरुङ मुछिएका छन्।

दूधकोशी जलविद्युत् आयोजनाका सीईओबाट गुरुङलाई हटाउन मन्त्रालयले दिएको निर्देशन प्राधिकरणबाट पालना हुनेमा भने शंका नै छ। किनभने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नै गुरुङलाई दूधकोशीको सीईओ बनाएका हुन्। घिसिङले पछिल्लो समय कानून, नीतिनियम र मन्त्रालयका निर्देशनमा अटेरी गर्दै आएका छन्। 

घिसिङले नै २०८० साउन २१ गते दूधकोशी जलाशय जलविद्युत आयोजना निर्माणको मुख्य जिम्मेवारी दिएर गुरुङलाई पठाएका थिए। यसअघि गुरुङ ४५६ मेगावाटको माथिल्लो तामाकोशीमा अध्ययनको चरणदेखि नै जोडिएका थिए।

इलाम घर भएका गुरुङ सन् १९९७ देखि २००० सम्म १४४ मेगावाटको कालीगण्डकी 'ए'को निर्माणमा जोडिएका थिए। त्यसपछि तीन वर्ष अर्थात् २००३ सम्म प्राधिकरणको पहिलो सहायक कम्पनीले निर्माण थालेको २२ मेगावाटको चिलिमेमा वरिष्ठ सिभिल इन्जिनियरको रूपमा जिम्मेवारी पाएका थिए।

प्राधिकरणको दुई वर्षे जिम्मेवारीमा रहँदा १०१ मेगावाटको तमोर-मेवा, १० मेगावाटको माथिल्लो हेवा लगायत आयोजनाको अध्ययन तथा ४०० किलोवाटको गमगाडको डिजाइन पुनरावलोकनमा समेत उनैलाई जिम्मा दिइएको थियो। त्यसपछि झन्डै १८ वर्ष (२०७९ माघ) सम्म माथिल्लो तामाकोशीमा आबद्ध रहेका थिए। त्यसलगत्तै घिसिङले उनलाई आर्कषक मानिएको ६३४ मेगावाटको दूधकोशी आयोजनाको जिम्मेवारी दिएका हुन्।  

bimal.jpeg


प्रकाशित : आइतबार, फागुन ११ २०८११६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend