मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

गएको साताभर बढेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि उकालोतिरै

आइतबार, फागुन ११ २०८१
गएको साताभर बढेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि उकालोतिरै

काठमाडौं- गएको साता सबै कारोबारमा उकालो लाग्दै समग्रमा ६४.४८ अंकले बढेको बजार यो साता पहिलो कारोबारमा पनि उकालोतिर नै लागेको छ। 

आइतबार ११.६६ अंकले बढेर बजार २७५५.४० बिन्दुमा पुगेको छ। ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको कारोबार भएको बजारमा ९१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। आइतबार गार्जियन माइक्रो लाइफ इन्स्‍योरेन्सको सेयर मूल्यमात्र १० प्रतिशतले बढेको छ। 

गएको साता आइतबार १९.५६ अंक, सोमबार २९.८७ अंक र मंगलबार ११.९१ अंकले बढेको बजार बुधबार बन्द रहेको थियो। साताको अन्तिम कारोबारमा बिहीबार पनि ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा पुगेको थियो। 

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समातिरहेको छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ। 

बजारले २८०० को मनोबैज्ञानिक बिन्दु पार गर्न सके नयाँ उचाइ भेट्ने विश्लेषकहरू बताउँछन्। अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : आइतबार, फागुन ११ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend