शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सस्तो मूल्यमा सेयर पाएपछि फरवार्ड माइक्रोफाइनान्समा सर्किट

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १७ २०७८
images
सस्तो मूल्यमा सेयर पाएपछि फरवार्ड माइक्रोफाइनान्समा सर्किट
images
images

काठमाडौं- फरवार्ड माइक्रोफाइनान्स वित्तीय कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएपछि समग्र नेप्से घट्दा पनि सर्किट लागेको छ। सेयर समायोजनपछि सस्तोमा मूल्यमा सेयर पाउने भएपछि लगानीकर्ताले धमाधम सेयर खरिद गर्न थालेपछि मूल्य बढेको हो। 

images
images
images

साताको दोस्रो दिन कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २१७ रुपैयाँले बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता दोस्रो बजारमा २३८७ रुपैयाँमा करोबार भएको छ। लघुवित्तमध्ये पनि उत्कृष्ट सूचक रहेको कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका हुन्। 

images
images

११ हजार ८ सय ३३ कित्ता कारोबार भएको कम्पनीको पछिल्लो ५२ हप्तामा ३५३० रुपैयाँसम्म पुगेको थियो भने न्यूनतम २ हजार रुपैयाँसम्म ओर्लिएको थियो। गत वर्ष २०७७/०७८ को नाफाबाट ४२ प्रतिशत लाभांश दिएको कम्पनीको सेयर मूल्य समायोजनपछि पुनः सेयर मूल्य बढेको हो। 

images
images

कम्पनीले ७ प्रतिशत नगद लाभांश दिएको थियो भने ३५ प्रतिशत बोनस सेयर गरी ४२ प्रतिशत लाभांश पाइसकेका छन्। 


प्रकाशित : सोमबार, माघ १७ २०७८१०:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend