आइतबार, फागुन ११ गते २०८१    
आइतबार, फागुन ११ २०८१
images
images

चितवनमा ६ महिनामा ५ सय सवारीसाधन दुर्घटना, अन्य समयभन्दा रातमा धेरै

images
आइतबार, फागुन ११ २०८१
images
images
चितवनमा ६ महिनामा ५ सय सवारीसाधन दुर्घटना, अन्य समयभन्दा रातमा धेरै

चालु आर्थिक वर्षको ६ महिनामा भएका दुर्घटनामा ७० जनाको मृत्यु भएको छ भने एकसय १० जना गम्भीर घाइते भएका छन्।

images
images

चितवन- जिल्लामा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा जिल्लामा ५ सय ८ सवारीसाधन दुर्घटना भएका छन्। त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन्। यस अवधिमा दुईसय १७ दुर्घटना भएका छन्।

images
images
images

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गायत्रीराज शर्माका अनुसार राति १२ बजेदेखि बिहान ६ बजेसम्म ३६, बिहान ६ देखि दिउँसो १२ बजेसम्म ९१ र दिउँसो १२ देखि बेलुका ६ बजेसम्म एकसय ६४ दुर्घटना भएका छन्।

images
images

चालु आर्थिक वर्षको ६ महिनामा भएका दुर्घटनामा ७० जनाको मृत्यु भएको छ भने एकसय १० जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा सातसय ७२ सवारीसाधन संलग्न देखिन्छन्। चालु आवको सुरूको चार महिनामा दुईसय ६१ दुर्घटना भएका थिए। पछिल्लो दुई महिनामा मात्रै दुईसय ४७ दुर्घटना भएको तथ्यांकले देखाएको छ।

images
images
images

शर्माका अनुसार साँझको समयमा सवारी साधनको बत्ती, सडक बत्ती नियमानुसार नहुँदा दुर्घटना बढी हुने गरेका छन्। यस्तै मादक पदार्थको सेवन गरी सवारीसाधन सञ्चालन गर्ने र साँझको समयमा सहरी क्षेत्रमा सवारीसाधनको चाप उच्च हुने भएकाले पनि दुर्घटना बढी हुने गरेको उनको भनाइ छ।

जिल्लामा दुर्घटनाको संख्या बढे पनि मृत्युदर भने कमी देखिन्छ। पहिलो चौमासिकमा दुर्घटनाबाट ५६ जनाको मृत्यु भएको थियो। पछिल्लो दुई महिनामा दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ। शर्माका अनुसार दुर्घटनाबाट चालु आवको साउनमा १०, भदौमा पाँच, असोजमा १३, कात्तिकमा १८, मङ्सिरमा १०, पुसमा सात र माघमा सात जनाको मृत्यु भएको छ।

सवारीसाधनको दुर्घटनाबाट गत आर्थिक वर्ष २०८०/८१ मा एकसय १५ जनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा एकसय ४० र आव २०७९/८० मा ७८ जनाको मृत्यु भएको कार्यालयको तथ्यांक छ।

जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न गतिविधि गर्दै आएको उनले बताए। उनले भने, 'दुर्घटना न्यूनीकरण गर्न ‘एक विद्यालय, एक ट्राफिक शिक्षक’को अवधारणाअन्तर्गत प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छौँ।'

ट्राफिक प्रहरीले शिक्षकलाई तालिम दिने र तालिम प्राप्त शिक्षकले विद्यार्थीलाई ट्राफिक शिक्षा दिने गरिएको छ। ट्राफिक शिक्षाका लागि ट्राफिक प्रहरी कार्यालयले शिक्षकलाई आवश्यक सामग्री पनि प्रदान गर्दै आएको छ।

दुर्घटना न्यूनीकरणकै लागि आँपटारीमा ट्राफिक ‘रिफ्रेस सेन्टर’को स्थापना गरिएको छ भने समय-समयममा छड्के जाँचलाई तीव्रता दिइएको उनको भनाइ छ। शर्माले भने, 'दुर्घटना न्यूनीकरणका लागि सबै लाग्नुपर्छ।' रासस


प्रकाशित : आइतबार, फागुन ११ २०८११२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend