शनिबार, मंसिर ८ गते २०८१    
images
images

एचआईडीसीएलको सेयरमा किन झुम्मिए लगानीकर्ता?

images
सोमबार, माघ १७ २०७८
images
images
एचआईडीसीएलको सेयरमा किन झुम्मिए लगानीकर्ता?
images
images

काठमाडौं- सोमबार घटेको सेयर बजारमा पनि लगानीकर्ताको आकर्षणमा पर्न सफल कम्पनी हो हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)। सोमबार कुल कारोबार रकमको ११ प्रतिशत एचआईडीसीएलको सेयर खरिदबिक्री भएको छ।

images
images
images

सोमबार १४.४८ अंकले बजार घट्दा कुल ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५ सय ९८ रुपैयाँको कारोबार भएको थियो। जसमा एचआईडीसीएलको मात्रै ५७ करोड १२ लाख ७८ हजार ६ सय ३९ रुपैयाँको कारोबार भएको छ। सोमबार एचआईडीसीएल सेयर प्रतिकित्ता ७.३७ प्रतिशतले बढेको थियो। प्रतिकित्ता २४.५० रुपैयाँले बढेर एचआईडीसीएलको सेयर मूल्य प्रतिकित्ता ३ सय ५७ रुपैयाँ भएको छ।

images

सोमबार एचआईडीसीएलको ७ हजार ६ सय २० पटक खरिद बिक्री हुँदा कुल १६ लाख ३६ हजार ७ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको छ। सोमबार कुल  १ करोड १ लाख ५ हजार  ६ सय ६९ कित्ता सेयर खरिद बिक्री भएको थियो। जसमा एचआईडीसीएलको मात्रै १६.१९ प्रतिशत हो।

images

एचआईडीसीएलको सेयरमा लगानीकर्ता झुम्मिनुको एउटै कारण आइतबार मात्रै नेपाल राष्ट्र बैंकले कम्पनीलाई वित्तीय संस्थाको मान्यता दिएको थियो। एचआईडीसीएललाई वित्तीय संस्थाको मान्यता दिएको प्रभाव सोमबारको सेयर बजारमा देखिएको हो।

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो।

बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम वित्तीय संस्थाको मान्यता दिइएको हो।

नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले सो संस्था स्थापना गरेको हो। कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोका नाममा दुई जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ। संस्थाको कूल पुँजी २२ अर्ब रूपैयाँ बराबर छ।


प्रकाशित : सोमबार, माघ १७ २०७८०९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend