शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

आइतबार एकैदिन १०५ अंकले बढेको सेयर बजारमा सोमबार करेक्सन, 'उच्च बिन्दुअघिको विश्राम'

images
सोमबार, माघ १७ २०७८
images
आइतबार एकैदिन १०५ अंकले बढेको सेयर बजारमा सोमबार करेक्सन, 'उच्च बिन्दुअघिको विश्राम'
images
images

काठमाडौं- चुनावका लागि सहमति बन्ने देखिँदा आइतबार एकैदिन १०५.५५ अंकले बढेको सेयर बजारमा सोमबार भने उतारचढावका बीच करेक्सन देखिएको छ।

images
images
images

गएको साता १५१.३२ अंकले घटेको बजार आइतबार नै १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा पुगेको थियो। सोमबार भने बजार १४.४८ अंकले घटेर २८७१.०५ बिन्दुमा झरेको छ।

images
images

सोमबार ५ अर्ब १५ करोड रूपैयाँको कारोबार भएको छ। जसमा ३२ कम्पनीको सेयर मूल्य बढ्दा १५६ कम्पनीको मूल्यमा गिरावट आएको छ। दुई कम्पनीको सेयर मूल्य परिवर्तन भएको छैन। 

images
images

चुनावी घोषणा कुरेर पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता दलहरू चुनावी मितिमा सहमत हुने देखिएसँगै आइतबार उत्साहित देखिएका थिए। अपवादबाहेक सेयर बजार चुनावका कारण बढ्दै आएको तथ्यांकले देखाउँछ। विश्लेषकहरू चुनावमा धेरै पैसा खर्च हुने र बजारमा पैसा आउने भएकोले सेयरमा लगानी बढ्ने गरेको बताउँछन्।

यसअघि पुस ५ गतेदेखि यता ५६२ अंकले बढेको बजारमा गएको साता आइतबारदेखि बिहीबारसम्मको कारोबारमा १५१.३२ अंकले गिरावट आएको थियो। तर साता आइतबारको बजारले भने सकारात्मक संकेत गर्दै वृद्धिमा सहयोग गरेको थियो। जहाँ सोमबार भने आइतबारको वृद्धिलाई साथ दिनेगरि बजार अघि बढेन। 

गएको साता बजारमा गिरावट आइरहँदा पनि विश्लेषकहरूले मौसमी परिवर्तन देखिएको र बजार घट्ने ठाउँ नरहेको बताइरहेका थिए। आइतबार देखिएको वृद्धिले समेत सेयर बजारमा अहिले सबै सूचकहरू राम्रो हुँदै गएकोले २२ अर्ब कारोबार र ३२०० अंकलाई उछिनेर माथि जाने देखिएको विश्लेषकको भनाइ थियो।

सोमबार बजारमा सामान्य करेक्सन मात्रै आएको र बजारका सबै संकेत सेयर बढ्नेमा नै देखिएको उनीहरूको भनाइ छ। विश्लेषकहरूले यसलाई करेक्सन भएको भन्दै बजारले नयाँ उचाइ लिने बताइरहेका छन्। बजारमा अहिले उच्च बिन्दुअघिको विश्राम मात्र देखिएकाले सबै सूचकहरूले माथि चढ्ने संकेत गरिरहेको विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, माघ १७ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend