आइतबार, फागुन ११ गते २०८१    
आइतबार, फागुन ११ २०८१
images
images

धनुषामा विपन्न वर्गका लागि कृषिखाद्य परियोजना

images
शनिबार, फागुन १० २०८१
images
images
धनुषामा विपन्न वर्गका लागि कृषिखाद्य परियोजना

परियोजनाबाट धनुषाका पाँच हजार सीमान्तकृत परिवारको खाद्य सुरक्षामा सुधार गर्ने लक्ष्य छ।

images
images

जनकपुर- धनुषामा विपन्न वर्गका लागि कृषिखाद्य परियोजना सुरु भएको छ। विपन्न किसानहरुको सुधार र खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले प्रकृतिमा आधारित कृषि खाद्य परियोजना आजदेखि प्रारम्भ भएको हो।

images
images
images

परियोजनाको मधेश प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव  विनयकुमार कर्णले आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ गरे।

images
images

आगामी चार वर्षसम्म सञ्चालन हुने उक्त परियोजना गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका र जनकनन्दिनी गाउँपालिकासहित अन्य तीनवटा पालिकामा कार्यान्वयन गरिने जानकारी परियोजना शुभारम्भ कार्यक्रममा दिइएको छ।

images
images
images

परियोजनाबाट धनुषाका पाँच हजार सीमान्तकृत परिवारको खाद्य सुरक्षामा सुधार गर्ने लक्ष्य छ। परियोजनाबाट दुईसय किसान समूह गठन गरी तिनमा आबद्ध सदस्यलाई बीउबिजनलगायत कृषि सामग्री पनि वितरण गरिनेछ। रासस


प्रकाशित : शनिबार, फागुन १० २०८११६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend