काठमाडौं- नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाले आवेदन दिएका छन्।
रिक्त रहेको कार्यकारी निर्देशक पदमा पदपूर्तिका लागि आव्हान गरेको विज्ञापनमा १७ जनाले आवेदन दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले आयल निगमको कार्यकारी निर्देशक नियुक्तीका लागि भन्दै पुस २५ गते सूचना प्रकाशित गरेको थियो। अन्मित मिति माघ १६ गतेसम्म १७ जनाले आवेदन दिएका हुन्।
१७ जनामा अहिले सेज प्राधिकरणमा कार्यकारी निर्देशक रहेका चन्डिकाप्रसाद भट्ट, उद्योग विभागका पूर्वमहानिर्देशक जीवनप्रकाश सिटौलासम्मले आवेदन दिएका छन्।
आवेदन दिनेको सूची