मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

निर्धारित समयअगावै ग्रे-लिस्टबाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल

शुक्रबार, फागुन ९ २०८१
निर्धारित समयअगावै ग्रे-लिस्टबाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ग्रे-लिस्टबाट बाहिर निस्कने बताएका छन्।

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे-लिस्टमा राखेपछि संक्षिप्त प्रतिकृया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल सो कुरा बताएका हुन्।

'विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो। पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ। एक्सन प्लानअनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे-लिस्टबाट बाहिर निस्कन्छौँ', अर्थमन्त्री पौडेलले बताए।

नेपाल फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को इन्क्रिज मोनिटरिङ (ग्रे लिस्ट) परेसँगै अर्थमन्त्री पौडेलले उक्त कुरा बताएका हुन्।

२०७९ असारदेखि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी हेर्ने अन्तर्राष्ट्रिय संस्था एफएटीएफअन्तर्गतको एसिया प्रशान्त क्षेत्रले नेपालको पारिस्परिक मूल्याङ्कन गरिरहेको थियो।

गतवर्ष एपीजीले नेपालको सम्पत्ति शुद्धीकरण क्षेत्रमा गरेका कामहरु तथा कानूनहरु अपर्याप्त भएको भन्दै प्रतिवेदन बुझाउँदै तीब्ररुपमा सुधारका उपायहरु सुझाएको थियो।

उक्त प्रतिवेदनका आधारमा नेपालले कानून निर्माणमा तीब्रता दिए पनि कार्यान्वयनको क्षेत्रमा कमजोर रहेको भन्दै  फेब्रुअरी १७ मा फ्रान्सको पेरिसमा भएको एफएटीएफ प्लेनरी तथा वर्किङ ग्रुपको बैठकले नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो।
 
कालोधन नियन्त्रण गर्न भूमिका नखेलेको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोजन कम गरेको भन्दै नेपाललाई दुई वर्षसम्म ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो। 


प्रकाशित : शुक्रबार, फागुन ९ २०८१२२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend