शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

निसान म्यागनाइटको फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ३४‍ लाख ७५ हजार

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ९ २०८१
images
images
निसान म्यागनाइटको फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ३४‍ लाख ७५ हजार
images
images

काठमाडौ- नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार थापाथलीमा रहेको निसान शोरुममा एक कार्यक्रम गरेर नयाँ म्यागनाइट सावर्वजनिक गरेको हो। 

images
images
images

यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। नयाँ म्याग्नाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू, र अत्याधुनिक प्रविधिसहित आएको छ, जसले उत्कृष्ट मूल्यलाई कायम राख्दै अतुलनीय ड्राइभिङ अनुभव सुनिश्चित गर्छ। 

images
images

म्याग्नाइट लाइनअप चारवटा ‘रिफ्रेस्ड’ भेरियन्टहरूमा उपलब्ध छ, जसमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन-कनेक्टा’, र ‘टेक्ना-प्लस’ समावेश छन्। उपलब्ध हरेक विशेषतासहितको शीर्ष भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ पर्ने र भिजिया र एक्सेन्टाको मूल्य यथावत् राखिएको छ। 

images
images
images

यी भेरियन्टहरूमा, नयाँ म्याग्नाइटको जम्मा १३ प्रकारका ‘कन्फिगरेसन’हरू उपलब्ध छन्, जसमा ‘टर्बो-पेट्रोल’ र ‘नेचुरल्ली एस्पिरेटेड इञ्जिन’ सहित म्यानुअल र अटोमेटिक ट्रान्समिसनका विकल्पमा उपलब्ध छन्।

निसान म्याग्नाइटको नयाँ फेसलिफ्टको आधिकारिक सार्वजनिकीकरण कार्यक्रम शुक्रबार थापाथलीस्थित निसानको सोरुममा भएको हो। कार्यक्रममा अतिथिहरूमा पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, पायोनियर मोटोकर्पका निर्देशक गौरव शारडा, पायोनियर मोटोकर्पका ग्रुप अध्यक्ष धिरेन तामाङ, पायोनियर मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द, तथा पायोनियर मोटोकर्पका सिनियर म्यानेजर राजकुमार ढकालको उपस्थिति रहेको थियो। 

नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ। यसको ‘हाइ-टेन्साइल स्टिल केज बडी’ र ‘इम्प्याक्ट-अबजोर्विङ कम्पोनेन्ट’हरूले उत्कृष्ट सुरक्षा प्रदान गर्दछ। यसमा ६ वटा एयरब्याग ९२ अगाडि, २ छेउमा, र २ कर्टेन एयरब्याग० उपलब्ध छन्, जुन सबै भेरियन्टहरूमा स्ट्यान्डर्ड रूपमा समावेश गरिएको छ। साथै ‘३-पोइन्ट सिटबेल्ट’ र सबै सिटका लागि ‘सिटबेल्ट-रिमाइन्डर’ प्रणालीले उत्कृष्ट सुरक्षा सुनिश्चित गर्छ।

एसयूभीको सुन्दरता वा एस्थेटिक्समा नयाँ म्यागनाइटले नयाँ उचाई लिएको छ। अझ प्रभावशाली उपस्थितिको डिजाइनसहित आएको यो गाडीमा ‘बिगर एन्ड बोल्डर’९ठूलो र दरिलो० ‘डुअल-टोन ग्रिल’, ‘फ्लोटिङ स्किड प्लेट’, र श्रेणी-उत्कृष्ट ‘थ्रिडि हनिकम्ब ग्रेडियन्ट इफेक्ट’सहितको ‘एलइडि टेल ल्याम्प’ रहेका छन्। यसमा विशेष ३६० लेदर-प्याक समावेश छ, जसमा ‘लेदरेटले मोडिएको ड्यासबोर्ड’, लेदरेट सिटहरू, साथै ढोका, पार्किङ ब्रेक लिभर, स्टेयरिङ र अगाडिको आर्मरेस्टमा लेदरेट ट्रिमहरू रहेका छन्। यसमा १९ लिटरको क्याबिन स्टोरेज, ६०स्४० रियर सिट स्प्लिटसहित विस्तार गर्न सकिने ‘बुट स्पेस’, आर्मरेस्ट स्टोरेज, र कपहोल्डहरू सबै भेरियन्टमा स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् जसले क्याबिनको उपयोगिता र आरामलाई बढावा दिएको छ।

निसान म्यागनाइटले सेगमेन्टमा पहिलो र श्रेणी-उत्कृष्ट नवप्रवर्तनको नेतृत्व गर्दै उत्साहजनक र प्रविधिमैत्री ड्राइभिङ अनुभव सुनिश्चित गर्छ। यसमा ठूलो ‘इलेक्ट्रोनिक बेजल-लेस अटोडिमिङ आइआरभिएम’, ‘कन्टिन्युअस मल्टि-कलर एम्बिएन्ट लाइटिङ’, र इन्टेरियरमा सफा हावा प्रवाह गर्ने श्रेणी-उत्कृष्ट ‘प्लाज्मा क्लस्टर आयोनाइजर’ रहेको छ। ‘आर्कमिज’को थ्रिडि साउन्ड सिस्टमले उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ भने ६० मिटर दायरा भएको ‘रिमोट इन्जिन स्टार्ट’ले थप सहजता सुनिश्चित गर्दछ। यसमा रहेको ‘प्रिमियम इन्टेलिजेन्ट कि (आइ-कि)ले गाडी छोडेर हिड्दा स्वतस् लक हुने र नजिकिँदा अनलक हुने सुविधा प्रदान गर्छ। साथै स्वचालित हेडल्याम्पजस्ता विशेषताहरूले गाडीलाई अझ आधुनिक र आकर्षक बनाएको छ।

‘बिग, बोल्ड, एन्ड ब्युटिफुल’ निसान म्यागनाइटले एसयूभी सेगमेन्टमा निरन्तर नयाँ मापदण्ड कायम गर्दै आएको छ, र प्रिमियम विशेषताहरूलाई सहज मूल्यमा उपलब्ध गराउँदै आएको छ। नयाँ म्याग्नाइटले नवप्रवर्तन तथा ग्राहक-केन्द्रित डिजाइनप्रतिको आफ्नो प्रतिबद्धता कायम राखेको छ। 

पहिलो पटक सन् २०२० को डिसेम्बरमा विश्वव्यापी रूपमा र सन् २०२१ मा नेपाली बजारमा सार्वजनिक गरिएको यो गाडीले हालसम्म समग्र १ लाख पचास हजार वटाभन्दा बढी इकाइको बिक्री पार गरिसकेको छ। निसान म्याग्नाइटले अन्तर्राष्ट्रिय बजारमा प्राप्त गरेको यो सफलताले निसानको ‘वन कार, वन वर्ल्ड’ (एक कार, एक विश्व) रणनीतिलाई प्रतिबिम्बित गर्छ।

प्रिमियम सुधारसहितको नयाँ निसान म्याग्नाइट फेसलिफ्ट आकर्षक मूल्यमा उपलब्ध रहेको छ, जसले यसलाई आफ्नो श्रेणीमा विशेषताअनुसार सबैभन्दा अधिक विशेषता र सन्तुलित मूल्य भएको उत्कृष्ट रोजाईको एसयुभि बनाएको छ। पायोनियर मोटो कर्प, गाडी प्रेमी तथा नयाँ गाडी खरिद गर्न चाहने सम्पूर्णलाई नजिकको निसान सोरुम भ्रमण गरी नयाँ निसान म्याग्नाइट फेसलिफ्टको प्रत्यक्ष अनुभव गर्न र थप जानकारी लिन आमन्त्रण तथा आह्वान गर्दछ।


प्रकाशित : शुक्रबार, फागुन ९ २०८११७:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend