सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

पुलको नाम राख्नेलाई नगरपालिकाले दियो नगद पुरस्कार

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १७ २०७८
images
images
पुलको नाम राख्नेलाई नगरपालिकाले दियो नगद पुरस्कार

छनोट समितिले उत्कृष्ट २५ नाम छनोट गरेको  थियो। जसमा ‘गण्डकी गोल्डेन ब्रिज’ उत्कृष्ट ठहरियो।

images
images

बलेवा- बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ। पुलको नामकरण गरेका बागलुङ नगरपालिका-५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद २५ हजार रूपैयाँसहित पुरस्कृत गरेको हो।

images
images

सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला राखेका छन्। शहीद दिवसमा आइतबार आयोजित कार्यक्रममा बाङ्गेचौरमा रहेको शहीदपार्कको मध्यभागबाट पर्वत जोड्ने गरी कालीगण्डकी खोचमा बनेको पुलको नामकरण गर्ने सापकोटालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार हस्तान्तरण गरे।

images
images

नगरपालिकाले पुलको नामकरणका लागि सार्वजनिक सूचना गरेको थियो। उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा बनेको नाम छनोट समितिले उत्कृष्ट २५ नाम छनोट गरेको  थियो। सापकोटाले नाम मात्रै राखेका थिएनन् उनले राखेको नामको विस्तृत अर्थसमेत समावेश गरेका थिए।

images
images
images

पाँच सय ६७ मिटर लामो पुललाई आवतजावतको साधन मात्रै नभई बागलुङको पर्यटनसँग जोड्ने भन्दै नामकरण गरिएको हो। बागलुङका झण्डै ५०० बढी झोलुङ्गे पुलमध्ये नामकरण भएको यो पहिलो पुल हो। अन्य पुलमा सोही ठाउँ वा खोला, नदीमाथिको पुल भनेर चिन्ने गरिन्छ। रासस


प्रकाशित : सोमबार, माघ १७ २०७८०६:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend