मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेपाल पे टाइमको भुक्तानी सेवाप्रदायकको लाइसेन्स नवीकरण भएन

कारोबार नगर्न गराइयो सचेत, लेनदेन बाँकी भए ३० दिनभित्र सम्पर्क गर्नुपर्ने

शुक्रबार, फागुन ९ २०८१
नेपाल पे टाइमको भुक्तानी सेवाप्रदायकको लाइसेन्स नवीकरण भएन

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त कम्पनीले २०७६ सालको भदौमा लिएको लाइसेन्स नवीकरण नगरिएको जानकारी गराएको छ।

काठमाडौं- नेपाल पे टाइम प्रालिको भुक्तानी सेवाप्रदायकको लाइसेन्स नवीकरण नहुने भएको छ। नेपाल राष्ट्र बैंकले उक्त संस्थाको सेवा निरन्तर नभएको र नियम परिपालना पनि नगरेको भन्दै नवीकरण नगर्ने निर्णय गरेको हो। 

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त कम्पनीले २०७६ सालको भदौमा लिएको लाइसेन्स नवीकरण नगरिएको जानकारी गराएको छ।

कम्पनीको एप्लिकेसन पनि नभएको र सेवा पनि बन्द रहेको राष्ट्र बैंकले पाएको छ। त्यस्तै नियामकीय नियमको परिपालना पनि नगरेकाले नवीकरण नगरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

यो कम्पनीको लाइसेन्स नवीकरण नभएको र योसँगै कसैले पनि कारोबार नगर्न राष्ट्र बैंकले सचेत गराएको छ। त्यस्तै कुनै लेनदेन बाँकी भएमा ३० दिनभित्र संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। 

 

 


प्रकाशित : शुक्रबार, फागुन ९ २०८११०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend