सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

प्रदेश १ मा आर्थिक सम्मेलन हुँदै 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १७ २०७८
images
images
प्रदेश १ मा आर्थिक सम्मेलन हुँदै 

सम्मेलनमा पूर्वअर्थसचिव एवं उद्योग संगठनका बिशिष्ठ सल्लाहकार रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् भने संघीयअर्थमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहने छ। 

images
images

काठमाडौं- प्रदेश १ मा आर्थिक सम्मेलन आयोजना हुने भएको छ। 

images
images

उद्योग संगठन मोरङले बाह्रखरी मिडियासँगको सहकार्यमा प्रदेशस्तरिय आर्थिक सम्मेलनको आयोजना गर्ने घोषणा गरेको छ। 

images
images

बाह्रखरी मिडियाले हरेक बर्ष आयोजना गर्ने कर्पोरेट गल्फ अन्तर्गत सरकार र नीजि क्षेत्रको सहभागितामा आयोजना गर्ने आर्थिक बहस यस बर्ष आगामी फागुन १३ र १४ का दिन पाथवेटु प्रोसपेरिटी प्रोभिन्स वान भन्ने थिममा प्रदेश नं १ स्तरिय आर्थिक सम्मेलनको आयोजनाका लागी उद्योग संगठन मोरङले सहकार्य गरेको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । 

images
images
images

धरानमा पत्रकार सम्मेलनको आयोजना गरि गल्फसगै प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासको आगामी मार्गचित्र तयार गर्ने उद्देश्यले सरकार, नीजि क्षेत्र, प्राज्ञिक क्षेत्र एवं मिडिया क्षेत्रको सहभागितामा बिराटनगरमा आर्थिक सम्मेलनको आयोजनाका गर्न लागिएको संगठनले जानकारी दिएको छ। 

सम्मेलनमा पूर्वअर्थसचिव एवं उद्योग संगठनका बिशिष्ठ सल्लाहकार रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् भने संघीयअर्थमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहने छ। 

 


प्रकाशित : सोमबार, माघ १७ २०७८०६:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend