काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पुँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो। साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि प्रदान हुने जनाएको छ।
यो लाभांश बीमा प्राधिकरण तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात प्रदान हुने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ। बोनस सेयरपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।