मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो व्यापक लाभांश, बोनस सेयर कति?

शुक्रबार, फागुन ९ २०८१
सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो व्यापक लाभांश, बोनस सेयर कति?

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो।

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पुँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो। साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि प्रदान हुने जनाएको छ।

यो लाभांश बीमा प्राधिकरण तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात प्रदान हुने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ। बोनस सेयरपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।


प्रकाशित : शुक्रबार, फागुन ९ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend