शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सार्वजनिक गर्ने तयारीमा रहेको 'एमजी एस फाइभ' भन्सार नाका आइपुग्यो

images
बिहीबार , फागुन ८ २०८१
images
images
सार्वजनिक गर्ने तयारीमा रहेको 'एमजी एस फाइभ' भन्सार नाका आइपुग्यो

एमजीले एसफाइभमा दुईवटा ब्याट्री अप्सन ४९.१ र ६२.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकमा ल्याएको छ।

images
images

काठमाडौं- एमजीको प्रतिक्षित एसयूभी एस फाइभ नेपाल-चीन भन्सार नाकामा आइपुगेको छ। नयाँ विद्युतीय कार काठमाडौं आइपुगेलगत्तै सार्वजनिक गर्ने तयारी पारामाउन्ट मोटर्सले गरेको छ। 

images
images
images

भोलि शुक्रबार बेलुकासम्म काठमाडौं आइपुग्ने अनुमान गरिएको एस फाइभ मार्च पहिलो साताबाट बिक्री सुरु हुने अनुमान गरिएको छ। एसएआइसीको नयाँ प्लेटफर्ममा बनेको एमजी एस फाइभ विद्युतीय एसयूभी सेगमेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध हुने मोडल हो। 

images
images

फाइभ लिङ इन्डिपेन्डेन्ट सस्पेन्स सिस्टम रहेको यो विद्युतीय एसयूभी रेयर ह्वील ड्राइभमा आउने भएकाले यो प्रतिस्पर्धीको तुलनामा थप अब्बल हुनेछ। एड्भान्स ड्राइभर असिस्ट सिस्टम भएको कारण यसको ड्राइभिङ डाइनामिक्स उत्कृष्ट हुनेसमेत कम्पनीले दाबी गरेको छ। 

images
images
images

एमजी एसफाइभमा रहेको क्लोजअफ फ्रन्ट ग्रिल, वाइड प्लास्टिक ह्वील आर्क तथा कर्भ बनेट लाइनले गाडीलाई आकर्षक देखिएको छ। एसफाइभको लम्बाइ ४४ सय ७६ एमएम, चौडाइ १८ सय ४९ एमएम र उचाई १६ सय २१ एमएम रहेको छ। 

यो विद्युतीय एसयूभीमा २७ सय ३० एमएम लामो ह्वीलवेस छ। यसमा कम्पनीले अहिलेसम्मकै सबैभन्दा पातलो १ सय १० एमएम उचाइ भएको ब्याट्री प्रयोग गरिएको छ। 

एमजीले एसफाइभको क्याविनमा मिनिमलिस्टिक डिजाइन अप्रोचमा तयार परेको छ। यसको ड्यासबोर्डको बीचमा १५.६ इन्चको फ्लोटिङ टचस्क्रिन रहेको छ। यसका साथै ड्राइभर इन्फर्मेसनको लागि छुट्टै १०.२५ इन्चको एलसीडी इस्न्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ। 

एमजीले एसफाइभमा दुई वटा ब्याट्री अप्सन ४९.१ र ६२.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकमा ल्याएको छ।

एमजीको जेडएस ईभी, एमजी फोर र कोमेट नेपाली बजारमा बिक्री हुँदै आएको छ। चार्जिङ नेटकर्व र सर्भिसमा आक्रामक विस्तारमा रहेको पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय एसयूभी एसफाइभ नेपाल ल्याएको हो। 


प्रकाशित : बिहीबार , फागुन ८ २०८११७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend