आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

यो साताभर सेयर बजारमा हरियाली, आउने साता पनि लेला उचाइतर्फकै लय?

images
बिहीबार , फागुन ८ २०८१
images
यो साताभर सेयर बजारमा हरियाली, आउने साता पनि लेला उचाइतर्फकै लय?
images
images

काठमाडौं- यो साता आइतबार १९.५६ अंक, सोमबार २९.८७ अंक र मंगलबार ११.९१ अंकले बढेको बजार साताको अन्तिम कारोबारमा बिहीबार पनि उकालोतिर नै लागेको छ। यो साता समग्रमा बजार ६४.४८ अंकले बढेको छ। 

images
images
images

बुधबार बन्द रहेको सेयर बजार बिहीबार उतारचढावबीच ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा पुगेको छ। ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको बजारमा ८१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समात्ने अपेक्षामा लगानीकर्ता रहेका छन्। 

images
images

बजारले २८०० को मनोबैज्ञानिक बिन्दु पार गर्न सके नयाँ उचाइ समात्ने विश्लेषकहरू बताउँछन्। अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। आउने साता पनि बजारमा यही लय कायम हुने विश्वासमा लगानीकर्ता रहेका छन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ। माघमा केही सुधार हुँदै उकालोतिर लागेको बजारले फागुनमा पनि सकारात्मक संकेत नै गरिरहेको छ। 


प्रकाशित : बिहीबार , फागुन ८ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend