मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

यो साताभर सेयर बजारमा हरियाली, आउने साता पनि लेला उचाइतर्फकै लय?

बिहीबार , फागुन ८ २०८१
यो साताभर सेयर बजारमा हरियाली, आउने साता पनि लेला उचाइतर्फकै लय?

काठमाडौं- यो साता आइतबार १९.५६ अंक, सोमबार २९.८७ अंक र मंगलबार ११.९१ अंकले बढेको बजार साताको अन्तिम कारोबारमा बिहीबार पनि उकालोतिर नै लागेको छ। यो साता समग्रमा बजार ६४.४८ अंकले बढेको छ। 

बुधबार बन्द रहेको सेयर बजार बिहीबार उतारचढावबीच ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा पुगेको छ। ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको बजारमा ८१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समात्ने अपेक्षामा लगानीकर्ता रहेका छन्। 

बजारले २८०० को मनोबैज्ञानिक बिन्दु पार गर्न सके नयाँ उचाइ समात्ने विश्लेषकहरू बताउँछन्। अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। आउने साता पनि बजारमा यही लय कायम हुने विश्वासमा लगानीकर्ता रहेका छन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ। माघमा केही सुधार हुँदै उकालोतिर लागेको बजारले फागुनमा पनि सकारात्मक संकेत नै गरिरहेको छ। 


प्रकाशित : बिहीबार , फागुन ८ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend