मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

वैदेशिक व्यापार १३.३० प्रतिशतले बढ्यो, आयातमा १० प्रतिशत र निर्यातमा ४६.५० प्रतिशतको वृद्धि

बिहीबार , फागुन ८ २०८१
वैदेशिक व्यापार १३.३० प्रतिशतले बढ्यो, आयातमा १० प्रतिशत र निर्यातमा ४६.५० प्रतिशतको वृद्धि

विगत दुई वर्षयता नेपालको वैदेशिक व्यापार निरन्तररुपमा घटिरहेको थियो। पछिल्लो दुई महिनायता बने वैदेशिक व्यापारमा वृद्धि देखिन थालेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक व्यापार १३.३० प्रतिशतले बढेको छ। गत वर्षको माघ मसान्तसम्ममा ९ खर्ब ८५ अर्ब रुपैयाँबराबरको वस्तु व्यापार भएकोमा यस वर्षको सोही अवधिमा ११ खर्ब १५ अर्ब रुपैयाँको वस्तु व्यापार भएको छ। 

यस अवधिमा आयात १०.०९ प्रतिशतले बढेको छ। गत वर्षको माघ मसान्तसम्ममा ८ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वस्तु आयात यस वर्ष बढेर ९ खर्ब ८८ अर्ब पुगेको छ। यस्तै यस अवधिमा निर्यात पनि ४६.५ प्रतिशतले बढेको छ।

नेपालमा सोयाबिन तेलको उद्योग राखेर निश्चित प्रतिशत मूल्य अभिवृद्धि गरी निर्यात गरेकाले निर्यातमा वृद्धि देखिएको हो। गत वर्षको ८ महिनामा ८६ अर्ब ८३ करोड वस्तुको निर्यात भएकोमा यस वर्षको सोही अवधिमा १ खर्ब २७ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। 

सोयाबिन तेल उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ तयारी तेल निर्यातले माघमा मात्रै १ खर्ब ६६ अर्ब रुपैयाँले आयात र निर्यात २८ अर्ब रुपैयाँले बढेको हो।

विगत दुई वर्षयता नेपालको वैदेशिक व्यापार निरन्तररुपमा घटिरहेको थियो। पछिल्लो दुई महिनायता बने वैदेशिक व्यापारमा वृद्धि देखिन थालेको छ।


प्रकाशित : बिहीबार , फागुन ८ २०८११४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend