सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

मेची भन्सारले सात महिनामा उठायो ८ अर्ब ८४ करोड राजस्व

images
बिहीबार , फागुन ८ २०८१
images
मेची भन्सारले सात महिनामा उठायो ८ अर्ब ८४ करोड राजस्व

चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट पाँच अर्ब २८ करोड १४ लाख २२ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। 

images
images
images

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा नौ अर्ब ६० करोड ९२ लाख १५ हजार रूपैयाँ राजस्व संकलन गर्ने  लक्ष्य थियो। गत आव २०८०/८१ को सोही अवधिमा राजस्व आठ अर्ब ९० करोड सात लाख ६७ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व संकलन भएको थियो।

images
images

चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट पाँच अर्ब २८ करोड १४ लाख २२ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

यसैगरी तरकारीको आयतबाट ४४ करोड २५ लाख ४२ हजार रूपैयाँ, यातायातका साधन र तिनका पाटपुर्जाबाट २४ करोड ७५ लाख ९१ हजार, दलहनबाट १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट १५ करोड ७३ लाख २५ हजार रूपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिए। 

चालु आवको सात महिनामा १६ अर्ब चार करोड ४८ लाख ६३ हजार बराबरको वस्तु निर्यात हुँदा नौ करोड २२ लाख २९ हजार र २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार बराबरको वस्तु आयात गरिँदा आठ अर्ब ७५ करोड ६४ लाख ६३ हजार रूपैयाँ राजस्व संकलन भएको छ। रासस


प्रकाशित : बिहीबार , फागुन ८ २०८११०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend