काठमाडौं- सुनको मूल्य लगातार दोस्रो दिन पनि ४ सय रुपैयाँले घटेको छ। आइतबार पनि सुनको मूल्य तोलामा ४ सय रुपैयाँ नै घटेको थियो।
सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि घटेको छ। आइतबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर सोमबारका लागि १२ सय ४० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।