मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन खुला, कति भर्न पाइन्छ?

बिहीबार , फागुन ८ २०८१
नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन खुला, कति भर्न पाइन्छ?

हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।

काठमाडौं- नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो। अर्थात् इन्स्योरेन्सले हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

यसअनुसार इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ इन्स्योरेन्सले माघ १८ गते बुकक्लोज गरेको थियो। माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद सेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।


प्रकाशित : बिहीबार , फागुन ८ २०८११०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend