शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ८ २०८१
images
images
यस्तो छ आजको मौसम पूर्वानुमान

महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

images
images

काठमाडौं- हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

images
images
images

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसमसफा रहेको बताएको छ। साथै तराईका केही भागमा हुस्सु लागेको छ।

images
images

महाशखाका अनुसार आज दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

images
images
images

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनाका साथै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली बाँकी भेगमा मौसम मुख्यतया सफा रहनेछ। 

गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका  केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका  एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टामा गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका  पहाडी भागका केही स्थानमा तथा लुम्बिनी प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित  हल्का वषा तथा गण्डकी, सुदूरपश्चिम, र कर्णाली  प्रदेशका उच्च पहाडी एवं हिमाली भागका केही स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट  दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ। रासस


प्रकाशित : बिहीबार , फागुन ८ २०८११०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend