मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

११ अंकले बढ्यो सेयर बजार, १० अर्बभन्दा बढीको कारोबार

मंगलबार, फागुन ६ २०८१
११ अंकले बढ्यो सेयर बजार, १० अर्बभन्दा बढीको कारोबार

फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समात्ने अपेक्षामा लगानीकर्ता रहेका छन्।

काठमाडौं- यो साता सेयर बजारमा लगातार वृद्धि देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबार १९.५६ अंकले बढेको बजार सोमबार २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा उक्लिएको थियो। मंगलबार पनि बजारमा हरियाली छाएको छ।

मंगलबार ११.९१ अंकले बढेर बजार २७३९.८२ बिन्दुमा पुग्दा १० अर्ब ४३ करोड ७० लाख रूपैयाँको कारोबार भएको छ। ८७ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा १ सय ४९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समात्ने अपेक्षामा लगानीकर्ता रहेका छन्। 

बजारले २८०० को मनोबैज्ञानिक बिन्दु पार गर्न सके नयाँ उचाइ समात्ने विश्लेषकहरू बताउँछन्। अहिले बजारको अवस्था यकिन आकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : मंगलबार, फागुन ६ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend