मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टले सानिमा बैंकलाई क्लिन इनर्जीमा १५ मिलियन डलर फाइनान्सिङ गर्ने

मंगलबार, फागुन ६ २०८१
ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टले सानिमा बैंकलाई क्लिन इनर्जीमा १५ मिलियन डलर फाइनान्सिङ गर्ने

उक्त ऋण सहायता बैंकले हाइड्रो र साेलारमा लगानी गर्ने छ।

काठमाडौं- ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टले सानिमा बैंकलाई क्लिन इनर्जीमा १५ मिलियन डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) फाइनान्सिङ गर्ने भएकाे छ।

मंगलबार आयोजित युके ब्रिटिस नेपाल बिजनेस फाेरममा सानिमा बैंक र बीआईबीच सम्झाैता भएकाे हाे। उक्त ऋण सहायता बैंकले जलविद्युत र साेलारमा लगानी गर्नुपर्ने सर्त राखिएको छ। 

उक्त क्रेडिट लाइन बैंकले नविकरणीय उर्जाको उपकरण खरिद, कृषि तथा खाद्यान्न उत्पादन उद्योगमा समेत लगानी गर्न पाउनेछ। नेपालमा सन २०३५ सम्ममा १५ हजार मेगावट जलविद्युत उत्पादनको लक्ष्यमा लिएको र यस  लगानी उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने बैंकले जनाएको छ। 

विद्युत उत्पादन वृद्धि गरी भारत, बंगलादेशलगायतका मुलुकहरुमा निर्यात गरिरहेकाले यस क्षेत्रमा गरिएको लगानी बैंकका लागि समेत लाभदायक हुने अपेक्षा गरिएको छ। 

उक्त ऋण सुविधा नवीकरणीय उर्जा पूर्वाधार निर्माण, हाइड्रोमेकानिकल एण्ड इलेक्ट्रो मेकानिकल उपकरण आयात र कृषि तथा खाद्य उद्योग सम्वन्धि कच्चा पदार्थ आयातमा परिचालन गर्ने लक्ष्य बैंकले लिएको छ। 

नेपालका लागि बेलायती राजदुत रोब फेनले यस साहयताले दिगो विकासप्रति संयुक्त अधिराज्य वेलायत संवेदनशिलताले देखाएको बताए। 

'ब्रिटिस इन्टरनेशल इन्भेष्टमेन्टमार्फत आएको यस आर्थिक साहयताले वेलायतको दिगो विकासप्रति बेलायत संवेदनशिल रहेको देखाउँछ। उक्त साहयताको लाभ नेपालका घरपरिवार र व्यवसायले प्राप्त गर्न अपेक्षा छ', उनले बताए।

यस्तै सानिमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले यस लगानी सम्वन्धि साझेदारी नेपालको हरित उर्जा उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने बताए।
 
'यस साझेदारीले नेपालको जलविद्युत क्षेत्रमा बढ्दो माग पुरा गर्न महत्वपुर्ण भुमिका खेल्ने देखिन्छ। जलविद्युत उत्पादनको खपत बढाएर जीवास्म इन्धनको खपत घटाएर जलवायु परिवर्तको असर कम गर्न सहयोग पुग्ने देखिन्छ। सानिमा बैंकले पनि न्युन कार्बन उत्सर्जन गर्ने क्षेत्रहरुमा लगानी बढाएर दिगो आर्थिक विकासमा भुमिका खेलिरहेको छ', उनले भने।


प्रकाशित : मंगलबार, फागुन ६ २०८११२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend