शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न

images
मंगलबार, फागुन ६ २०८१
images
images
३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न

विद्युत गृहमा १५.१२ मेगावाट क्षमताका २ वटा टर्बाइन रहनेछन्। आयोजनाले वार्षिक रुपमा १७५ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ।

images
images

काठमाडौं- ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ।

images
images
images

आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्रालि र नेपाल विद्युत प्राधिकरणबीच सोमबार कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो। आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन्।

images
images

सम्झौताअनुसार मध्य घुन्सा खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन २२०/१३२ केभी हाङ्गपाङ्ग सबस्टेसनमा जोडिने कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले बताए।

images
images
images

त्यसका लागि आयोजनाले साढे ६ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाईन निर्माण गर्नेछ। त्यसमा  १३२/२२० केभीएको ट्रान्सफर्मर जडान गरी प्राधिकरणको प्रणालीमा २२० केभीमा विद्युत प्रवाह गर्नेछ।

ताप्लेजुङको फत्तालुङ गाउँपालिकामा निर्माण हुने आयोजना सन २०२६ मा निर्माण सुरु गरी सन् २०२९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख उज्वल श्रेष्ठले जानकारी दिए।

ग्रसहेड १५८ मिटर रहेको आयोजनाको डिजाइन डिस्चार्ज २२.६ रहेको छ। ३ किलोमिटर पहुँच मार्ग निर्माण गर्नुपर्ने आयोजनाको १७५० मिटर टनेल र २५० मिटर पेनस्टक पाइप रहनेछ। आयोजनाको विद्युत गृह अर्धभूमिगत रहनेछ भने विद्युत गृहमा १५.१२ मेगावाट क्षमताका २ वटा टर्बाइन रहनेछन्।

आयोजनाले वार्षिकरुपमा १७५ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ।


प्रकाशित : मंगलबार, फागुन ६ २०८११०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend