शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सुर्खेतका अभिषेक सुनार बने नेपालकै नम्बर एक ‘टाटा गुरु’

images
सोमबार, फागुन ५ २०८१
images
images
सुर्खेतका अभिषेक सुनार बने नेपालकै नम्बर एक ‘टाटा गुरु’

सुर्खेतका टाटा गुरु अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भएका छन्।

images
images

काठमाडौं- सुर्खेतका टाटा गुरु अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन्। ‘सीपलाई पहिचानसँगै प्रतिभालाई सम्मान’ भन्ने मूल नाराका साथ काठमाडौंस्थित होटेल क्राउन इम्पेरियरमा आयोजित ‘गुरुक्षेत्र-२, २०२५’ कार्यक्रममा सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भएका हुन्।

images
images
images

टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेनुइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्टस प्रालि र टाटा मोटर्सको संयुक्त आयोजनामा गएको बिहीबार टाटा गुरु (मेकानिक्स प्राविधिक) बीच प्रतिस्पर्धात्मक कार्यक्रम भएको थियो। उक्त प्रतिस्पर्धामा देशभरबाट एकसय टाटा गुरुहरुले सहभागिता जनाएका थिए।

images
images

सिप्रदीका अनुसार प्रतिस्पर्धामा टाटा गुरु लालबहादुर नेगी द्वितीय भए भने ब्रह्मानन्द चौधरी र सञ्जय दनुवार तृतीय स्थान हासिल गर्न सफल भए। प्रथम आठ स्थानमा पर्न सफल भएका टाटा गुरु अनिल श्रेष्ठ, अमन कुमार मानन्धर, धर्म श्रेष्ठ र भूमिरान खात्रीसमेतले टाटा मोटर्सको प्लान्टस्मा गइ तालिम प्राप्त गर्ने सीप बढोत्तरीको अवसर पाएका छन्।

images
images
images

समारोहमा सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले देशभरका स्थानीय प्राविधिकहरुलाई टाटा मोटर्स र सिप्रदी अटोपार्टसले सम्मानित गरेको उल्लेख गर्दै गुरुहरुलाई समाजका आर्थिक, प्राविधिक सामाजिकरुपमा अगाडि बढाउन टाटा मोटर्स  सिप्रदी अटोपार्टसले करिब सात करोड रूपैयाँ खर्च गरिसकेको जानकारी गराए।

उनले वर्कशप व्यवस्थित गर्न टुल्सहरुको साथै उनको घरायसी आवश्यकताका सामानहरु जस्तै मोटर साइकल, टेलिभिजन, वासिङ मेसिन, मोबाइल फोनलगायतका सामाग्रीहरु प्रदान गरिएको जानकारी पनि उनले कार्यक्रममा दिए। उहाँले टाटा गुरुहरुलाई प्राविधिकरुपमा दक्ष बनाउने कार्यमा सिप्रदी सदैव तयार रहेको समेत बताए।

देशभरबाट १०० जना टप टाटा गुरु सहभागी रहेको सो कार्यक्रममा सिप्रदी ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सम्पूर्ण विजेतालाई बधाई एवं शुभकाना ज्ञापन गर्दै नीजी क्षेत्रका प्राविधिकहरुका सीप र दक्षता अभिवृद्धिको लागि सिप्रदी र टाटा मोटर्स सदैव लागिरहेको र भविष्यमा पनि लागि रहने प्रतिबद्धता जनाए। साथै टाटालाई नेपालको अटोमोबाइल क्षेत्रमा नम्बर एक बनाउन सहयोग पुर्‍याएकामा आभार प्रकट गरे।

समारोहमा टाटा मोटर्सका हेड सीभीआईबी, कस्टमर केएर राकेश मित्तलले सम्पूर्ण टाटा गुरुहरुलाई समयसँगै सीप र प्रविधिमा अपग्रेड हुन जरुरी रहेको आवश्यकता औँल्याए। साथै सीपमा अपग्रेड हुन नसकेको खण्डमा पछि पर्नुपर्नेमा सचेत रहन आग्रह गर्दै टाटा मोटर्स र सिप्रदी सबैलाई साथमा लिएर अगाडि बढ्न तयार रहेको स्पष्ट पारे।

साथै कार्यक्रममा उपस्थित टाटा गुरुहरुलाई रोयल इनफिल्ड मोटरसाइकल (१ थान), पल्सर १५० (२ थान), एफजेट (१ थान) का साथै टीभी, फ्रिज, मोबाइल, वासिङ मेसिनलगायतका सामाग्री वितरण गरिएको थियो।


प्रकाशित : सोमबार, फागुन ५ २०८११४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend