शनिबार, असोज ५ गते २०८१    
images
images

खानेपानी महसुल निर्धारण गर्न आयोग गठन गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १६ २०७८
images
images
खानेपानी महसुल निर्धारण गर्न आयोग गठन गरिँदै

मन्त्री चौधरीले आगामी चैतको मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउन कार्ययोजना बनाएर काम भइरहेको पनि बताए। 

images
images

काठमाडौं- सरकारले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको छ।

images
images
images

आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको बताएका हुन्।

आयोग गठनपछि समयसापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महसुल दर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताए।

त्यस्तै राज्यको ठूलो लगानी भइसकेका र अलपत्र परेका आयोजनालाई पूर्णता दिन नीतिगत सुधारका लागि प्रकृया अगाडि बढाइएको पनि उनले जानकारी दिए।

images

आगामी दिनमा मन्त्रालयले खानेपानीका स्रोतहरुका संरक्षण र मूल फुटाउ अभियान संचालन गर्नका लागि एकीकृत जलश्रोत संरक्षण व्यवस्थापन गर्न विशेष कार्यक्रम ल्याउने उनले बताए। मन्त्री चौधरीले दिगो विकासको लक्ष्य २०३० हासिल गर्न गुणस्तरीय खानेपानी वितरणको लागि पानीको परिक्षणलाई व्यापकता दिइने र प्रशोधनयुक्त ढल प्रणालीको लागि यसै वर्षबाट विशेष कार्यक्रम सञ्चालनमा ल्याइने उल्लेख गरे।

उनले सरकारले घोषणा गर्दै आएको खुला दिशामुक्त क्षेत्रको दिगोपनको लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्य गरी विशेष कार्यक्रम ल्याउने पनि बताए।

मन्त्री चौधरीले आगामी चैतको मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउन कार्ययोजना बनाएर काम भइरहेको पनि बताए। 

 


प्रकाशित : आइतबार, माघ १६ २०७८११:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend