मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

ट्रष्ट माइक्रो इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

आइतबार, फागुन ४ २०८१
ट्रष्ट माइक्रो इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

ट्रष्ट माइक्रो इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्दैछ।

काठमाडौं- श्री ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त भएको छ।

ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रतिसेयर अंकित मूल्य १०० रूपैयाँका दरले सर्वसाधारणहरुका लागि निष्कासन गर्दैछ।

सेयर निष्कासन तथा बिक्रीसम्बन्धी उक्त सम्झौतापत्रमा ट्रष्ट माइक्रो इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुंगाना र एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।


प्रकाशित : आइतबार, फागुन ४ २०८११८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend