मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

आईएमई पे र खल्तीबीच मर्जर सम्झौता

आइतबार, फागुन ४ २०८१
आईएमई पे र खल्तीबीच मर्जर सम्झौता

आईएमई पे सबैभन्दा धेरै पुँजी भएको भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये एक हो।

काठमाडौं- नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनीहरु आईएमई पे र खल्तीबीच मर्जरमा जाने सम्झौता भएको छ। दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको आईएमई पेले जनाएको छ।  

भुक्तानी सेवा प्रदायक कम्पनीहरुबीच हुन लागेको यो पहिलो मर्जर सम्झौता हो। केही समयपछि आधिकारिकरुपमा घोषणा गरिने आईएमई पेले जनाएको छ।

खल्तीलाई ईसेवाको प्रमुख प्रतिस्पर्धीको रुपमा लिइँदै आएको थियो। आईएमई पे सबैभन्दा धेरै पुँजी भएको भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये एक हो।

राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुको नियमन बलियो बनाउनका लागि मर्जर तथा प्राप्तिसम्बन्धी नीति लिएको छ। राष्ट्र बैंकको नीतिअनुसार आईएमई पे र खल्तीबीच मर्जर सम्झौता हुन लागेको हो। 


प्रकाशित : आइतबार, फागुन ४ २०८११८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend