शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

परराष्ट्रमन्त्री आरजु राणा र युएईका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह

images
आइतबार, फागुन ४ २०८१
images
images
परराष्ट्रमन्त्री आरजु राणा र युएईका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह

भेटमा दुई देशबीच पर्यटन, आर्थिक विकास, व्यापार साझेदारका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य एवं लगानीका बारेमा पनि छलफल भएको थियो।

images
images

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स् (युएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन्।

images
images
images

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज साइडलाइन भेट भएको हो।

images
images

भेटका क्रममा उनीहरुबीच नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभावलाई न्यूनीकरण गर्नका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको थियो। 

images
images
images

मन्त्री डा देउवाले सो अवसरमा नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकामा मन्त्री सायेघमार्फत् संयुक्त अरब इमिरेट्स सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेकी थिइन्।

यस्तै मन्त्री सायेघले युएईको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरेका थिए।

उनीहरुका बीचमा दुई देशबीच पर्यटन, आर्थिक विकास, व्यापार साझेदारका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य एवं लगानीका बारेमा पनि छलफल भएको थियो। 

मन्त्री डा देउवाले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा युएईको दुबईबाट प्रत्यक्ष उडान सुरु गर्न मन्त्री सायेघसँग आग्रह गरिन्। मन्त्री सायेघले यस विषयमा तत्कालै प्राविधिक अध्ययन थाल्ने र उडान सुरु गर्ने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

साथै सो भेटका क्रममा मन्त्री डा देउवाले नेपालले क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न एक विश्वव्यापी संवाद मञ्चका रुपमा आगामी मेमा काठमाडौंमा सगरमाथा संवादको आयोजना गरेको जानकारी गराउँदै जलवायु परिवर्तनको अवस्थामा केन्द्रित हुने सो संवादमा भाग लिन युएईलाई पनि आमन्त्रण गरिन्। 


प्रकाशित : आइतबार, फागुन ४ २०८११५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend