शनिबार, साउन १२ गते २०८१    
images
images
images

नयाँ स्वरूपमा निर्माण हुँदै पाँचतारे होटल अन्नपूर्ण 

बहुउद्देश्यीय भवनसहितको होटल निर्माण हुने 

images
आइतबार, माघ १६ २०७८
images
images
नयाँ स्वरूपमा निर्माण हुँदै पाँचतारे होटल अन्नपूर्ण 

राजतन्त्र हुँदा दरबारमार्गमा अग्ला भवन बनाउन नपाइने व्यवस्था थियो। सोहीकारण अन्नपूर्णको भवन पनि दुई तलाको मात्र थियो। अब भने बहुउद्देश्यीय प्रायोजनका लागि भवनको संरचरना तयार हुने छन्। 

images

काठमाडौं- नेपालको पुरानो पाँचतारे होटल कोरोना महामारीदेखि सञ्चालनमा आएको छैन। महामारी सुरु भएपछि बन्द भएको होटल अझै केही समय सञ्चालनमा नआउने पक्का भएको छ। 

images
images

महामारीलगत्तै होटललाई नयाँ स्वरूपमा निर्माण गर्ने भन्दै लगानीकर्ताले गत वर्ष नै बन्द गर्ने निर्णय गरेका थिए। औपचारिक रुपमा होटल बन्द गर्ने निर्णय भएको एक वर्षपछि नयाँ स्वरूपको होटल निर्माणको काम अघि बढेको छ। 

images

काठमाडौंको दरबारमार्गमा रहेको होटल अन्नपूर्ण अब नयाँ स्वरूपमा सञ्चालनमा आउने छ। यसका लागि तयारी सुरू भइसकेको होटलकी कार्यकारी निर्देशक सिर्जना राणाले जानकारी दिइन्। 

होटल संघ नेपालकी अध्यक्षसमेत रहेकी राणाले होटलको भौतिक संरचरना नयाँ निर्माणका लागि तयारी अघि बढेको जानकारी दिइन्।

images

'भौतिक संरचनाको रिडेभलपको तयारी अघि बढेको छ। सुरुमा डिजाइनको काम हुन्छ' राणाले भनिन्। 

३० रोपनीभन्दा धेरै क्षेत्रफलको जमिन रहेको अन्नपूर्ण होटल पहिले जग्गा धेरै तर भवन भने होचा थिए। जसका कारण प्राइम लोकेसन भएर पनि व्यावसायिक लाभ लिन नसकिएको लगानीकर्ताहरूलाई लागेको थियो। 

यही कारणले कमर्सियल प्रायोजनमा आउनेगरी भौतिक संरचरना निर्माण गर्ने तयारी लगानीकर्ताहरूको छ। यद्यपि होटल तथा भवनको स्वरुप ठ्याक्कै कस्तो हुन्छ अहिले नै तय नभएको राणाले जानकारी दिइन्। 

'त्यो कुरा डिजाइन भएपछि खुल्छ। अहिले डिजाइन सकिएको छैन' उनले भनिन्। 

राजतन्त्र हुँदा दरबारमार्गमा अग्ला भवन बनाउन नपाइने व्यवस्था थियो। सोही कारण अन्नपूर्णको भवन पनि दुई तलाको मात्र थियो। अब भने बहुउद्देश्यीय प्रायोजनका लागि भवनको संरचरना तयार हुने छन्। 

होटलसँगै व्यावसायिक प्रायोजनका लागि भवनको निर्माण हुने छ। होटलसँगै अन्य प्रयोजनका लागि उपयोगी हुनेगरी भवनको निर्माण हुने राणाले बताइन्। 

'संरचरनाको डिटेल त अहिले तय भएको छैन। तर बहुउपयोगी भने पक्कै हुने छ' उनले भनिन्। 

दरबारमार्गमा त्यति धेरै जग्गा भएर होटलभन्दा पनि व्यावसायिक उपयोगबाट नाफा धेरै हुन्छ। त्यही देखेर होटलका लगानीकर्ताले नयाँ संरचनासहितको होटल बनाउन लागेका छन्।

संरचना निर्माणका लागि लगानीको अनुमान नभए पनि झन्डै सय करोड रूपैयाँसम्म पुग्ने अनुमान लगानीकर्ताहरूको छ। नयाँ संरचनासँगै अन्नपूर्ण होटल आधुनिक सेवा सुविधा, पूर्वाधार र एम्वियन्ससहित आउने राणाको भनाइ छ। 

अन्नपूर्ण होटल प्रालिले पोखराको पाँचतारे होटल फिस्टेल लज व्यवस्थापन गरिरहेको छ भने चितवनको जगतपुर लज सञ्चालन गरिरहेको छ। 


प्रकाशित : आइतबार, माघ १६ २०७८१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend