शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

राष्ट्र बैंकले दियो २२ अर्ब पुँजी भएको एचआईडीसीएललाई वित्तीय संस्थाको मान्यता

images
आइतबार, माघ १६ २०७८
images
राष्ट्र बैंकले दियो २२ अर्ब पुँजी भएको एचआईडीसीएललाई वित्तीय संस्थाको मान्यता
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) लाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको छ। 

images
images
images

केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो।

images
images

बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम वित्तीय संस्थाको मान्यता दिइएको हो।

images
images

नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले सो संस्था स्थापना गरेको हो। कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोका नाममा दुई जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ। संस्थाको कूल पुँजी २२ अर्ब रूपैयाँ बराबर छ। 


प्रकाशित : आइतबार, माघ १६ २०७८११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend