शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान

images
शनिबार, फागुन ३ २०८१
images
images
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान

चालु आव २०८१/८२ मा भद्रपुर नगरपालिकाले प्रतिकट्ठा एक हजार रूपैयाँ अनुदान दिने योजना ल्याएको छ।

images
images

झापा- भद्रपुर नगरपालिकाको तेलहनखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत तोरीखेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ।

images
images
images

नगरपालिकाका कृषि विकास अधिकृत सुमन विमलीका अनुसार पाँच हजार एकसय कट्ठा जमिनमा तोरीखेतीका लागि एकसय ४२ कृषक, कृषक समूह र कृषि सहकारीले आवेदन दिएका छन्।

images
images

चालु आव २०८१/८२ मा नगरपालिकाले प्रतिकट्ठा एक हजार रूपैयाँ अनुदान दिने योजना ल्याएको छ। स्थानीय तहले जग्गा वर्गीकरणपछि वास्तविक किसानलाई मात्र अनुदान प्रदान गरिने व्यवस्था गरिएको हुँदा दुरुपयोग रोक्न सहज हुने अधिकृत विमलीले जानकारी दिए।

images
images
images

भद्रपुर-१ किचकबधका किसान चन्द्र सुब्बाले अनुदान रकम बढेकाले थप १० कट्ठा जमिनमा तोरीखेती विस्तार गरेको बताए। अनुदानले उत्पादन लागत कम गर्न र खेतीलाई आकर्षक बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

स्थानीय किसान समीर रायमाझीका अनुसार नगरपालिकाबाट प्राप्त अनुदान प्रविधि र बालीको उचित हेरचाहमा खर्च हुने भएकाले खेती सुरक्षित रहने विश्वास गरिएको छ। विगतमा खेती गर्दा लागत खर्च निकाल्न नै समस्या पर्ने गरेको र नगरपालिकाको अनुदानले राहत मिलेको उनले बताए।

नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७९/८० मा न्यूनतम १० कट्ठा तोरीखेती गर्ने किसानलाई प्रतिकट्ठा ६ सय रूपैयाँ अनुदान दिने नीति अवलम्बन गरिएपछि तोरीखेतीको क्षेत्रफल क्रमशः बढिरहेको छ।

यद्यपि तोरीखेतीको विस्तार भए पनि स्थानीय उपभोक्ता अझै पनि आयातित तोरी नै खरिद गर्न बाध्य रहेको स्थानीय उपभोक्ता किरण पोखरेल बताउँछन्। रासस


प्रकाशित : शनिबार, फागुन ३ २०८११२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend