शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

खार्मीका ३६ किसानलाई आधुनिक मौरीका घार

images
शनिबार, फागुन ३ २०८१
images
images
खार्मीका ३६ किसानलाई आधुनिक मौरीका घार

व्यावसायिक मौरीपालनका लागि डिभिजन वन कार्यालयले उपलब्ध गराएका मौरीका आधुनिक घार निःशुल्क पाएपछि खार्मीका स्थानीय किसान उत्साहित भएका छन्।

images
images

खोटाङ- डिभिजन वन कार्यालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३६ घरका स्थानीय किसानलाई मौरीका आधुनिक घार उपलब्ध गराएको छ।

images
images
images

जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डीसीआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत खार्मीस्थित डाँडाखर्क-खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध किसानलाई मौरीका आधुनिक घार निःशुल्क उपलब्ध गराइएको हो।

images
images

वनमा आधारित उद्यम प्रवर्द्धनका लागि खार्मीस्थित डाँडाखर्क-खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध किसानलाई मौरीका आधुनिक घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन कार्यालयका प्रमुख उदिमप्रसाद राईले जानकारी दिए।

images
images
images

'खार्मीमा व्यावसायिक मौरीपालनका लागि ८० आधुनिक घार वितरण गर्ने कार्यक्रम छ, पहिलो चरणमा ७४ वटा उपलब्ध गराएका छौँ', उनले भने, 'बाँकी छ वटा केही दिनभित्रै उपलब्ध गराउछौँ, मौरीका घार प्राप्त गर्ने किसानलाई व्यावसायिक मौरीपालनसम्बन्धी प्रशिक्षणसमेत दिइएको छ।'

व्यावसायिक मौरीपालनका लागि डिभिजन वन कार्यालयले उपलब्ध गराएका मौरीका आधुनिक घार निःशुल्क पाएपछि खार्मीका स्थानीय किसान उत्साहित भएका छन्। मौरीको खाली घार प्रतिगोटा पाँच हजार दुईसय रूपैयाँका दरले खरिद गरेर खार्मीका स्थानीय उपभोक्तालाई दुई/दुई घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन रक्षक विनोद गजमेरले जानकारी दिए।

मौरीको घार निःशुल्क प्राप्त गर्ने किसानलाई डिभिजन वन कार्यालयले झिकाएको मौरीपालक किसान छविलाल मगरले व्यावसायिक मौरीपालनसम्बन्धी एकदिने प्रशिक्षणसमेत दिएको जनाइएको छ। डिभिजन वन कार्यालयले उपलब्ध गराएको मौरीका घार खार्मीका वडाध्यक्ष इखबहादुर राईको उपस्थितिमा वन उपभोक्ता महासंघ खार्मीका अध्यक्ष हर्कराज राईले किसानलाई वितरण गरेका हुन्।

व्यावसायिक मौरीपालनसम्बन्धी विनियोजित रु पाँच लाख ६३ हजार बजेटबाट खरिद गरिएका ७४ घारमध्ये चारमा परीक्षणका लागि स्थानीय सेरेना जातको मौरीसमेत उपलब्ध गराइएको सवडिभिजन वन कार्यालय दिक्तेलका वन अधिकृत कुमारप्रसाद फुयाँलले जानकारी दिए। डिभिजन वन कार्यालयले उपलब्ध गराएका मौरीका आधुनिक घारमा स्थानीय सेरेना जातको मौरी राखेर व्यावसायिक रुपमा पालन गर्न सकिने प्रशिक्षक मगरले बताए। 

डिभिजन वन कार्यालयले यसअघि वडा नं १२ जालपामा गठित मधुश्री मौरीपालन तथा विषादिरहित फलफूल उत्पादक किसान समूहमा आबद्ध १७ घरका स्थानीय उपभोक्तालाई एक/एक घार मौरीसहितका तथा चार/चार खाली घार उपलब्ध गराएको थियो। जालपामा उपलब्ध गराइएका घारमा पालिएका मौरीले अहिले राम्रो उत्पादन दिइरहेको किसानले बताएका छन्।

डीसीआरएलसँगको सहकार्यमा यस वर्ष वनमा आधारित उद्यम प्रवर्द्धन कार्यक्रमअन्तर्गत अल्लो कपडा तथा सुगन्धित तेल उत्पादनसम्बन्धी कार्यक्रमसमेत सञ्चालन भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ। तीनवटै शीर्षक (मौरीपालन, अल्लो कपडा तथा सुगन्धित तेल उत्पादन)का योजनाका लागि प्रतियोजना पाँच लाख ६३ हजार रूपैयाँका दरले उपभोक्तालाई बजेट उपलब्ध गराएको जनाइएको छ। 

डिभिजन वन कार्यालयले डीसीआरएलसँगकै सहकार्यमा यस वर्ष जिल्लाका विभिन्न १० सामुदायिक वनमा रिचार्ज पोखरीसमेत निर्माण गरेको छ। डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रतिपोखरी दुई लाख ५० हजार रूपैयाँ तथा डीसीआरएलले निर्माण गर्ने पोखरीका लागि दुई लाख ३५ हजार रूपैयाँ बजेट उपलब्ध गराएको छ। रासस


प्रकाशित : शनिबार, फागुन ३ २०८११२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend